एउटा सुकुम्बासी केटो
उनी सात वर्षको हुँदा बाले छाडे । त्यसको झन्डै सात वर्षपछि आमाले । त्यसपछि यो खुला आकाश र फराकिलो पृथ्वीबाहेक उनीसँग केही बाँकी रहेन । अनि प्रकाश आङदम्बेलाई दुनियाँनै नाटकजस्तो लाग्यो ।
'त्यसपछि आमाको दुःख सम्झेर एउटा नाटक लेखेँ,' सत्र वर्षअघि तेह्र वर्षको छँदा 'अन्यायको अन्त्य' नाटक लेख्दाका दिन सम्भिmँदै उनले सुनाए, 'गाउँभरिका खाट, तन्ना मागेर स्टेज बनायौं । हुने खानेका घरबाट मैनटोल ल्यायौं र उज्यालो पार्यौं ।' नाटकमा उनले आफूले भोगेको समाज उतारेका थिए । बाले छाडेपछि आमाको इमानदारितालाई समाजले हेपेको कथा लेखेका थिए । त्यसैमा अभिनय गरेका थिए । दुखीलाई समाजले दिने दुःख नाटकमार्फत देखाएका थिए । त्यसले उनलाई प्रशंसा दियो ।
प्रकाशको त्यसपछिको जीवन नाटकझैं नाटकमै बितेको छ । झापाको स्नामतिमा जन्मे हुर्केका यी तीस वर्षे युवालाई अचेल लाग्छ, 'जिन्दगीमा के के हुन्छ ? र यो अनिश्चित जिन्दगीमा अझै के के हुन बाँकी छ ? यो एकबारको जुनीमा मनले चाहेको र ठीक ठानेको कुरा नगरी कसरी हुन्छ ?' त्यही भएर मनमा लागेको फ्याट्ट बोलिदिन्छन् । र, धेरैको छुच्चो बनेका छन् ।
'कसैसँग के लिनु दिनु छ,' मध्य पुसको चिसोमा काठमाडौंको बागबजारस्थित एउटा गेस्ट हाउसमा भेटिएका लिम्बू केटा बोले, 'सकेसम्म कसैलाई नराम्रो नगर्ने हो । त्यसो भन्दैमा कालोलाई सेतो भन्न त सकिन्न नि ? नत्र आफू हुनुको अर्थ के रह्यो ?'
भीडभाड काठमाडौंमा उनी यस्तै प्रश्नको उत्तर खोज्छन् । तर, काठमाडौंप्रति उनको कुनै गुनासो छैन । पछिल्लो एक दशकदेखि रंगमञ्चमा सक्रिय उनी नयाँ कुरा रुचाउँछन् । 'भएका त छँदैछन्, अरूले नगरेका नयाँ कुरा गर्नु पर्यो,' पूर्वका गाउँमा 'आँगन नाटक' प्रदर्शन गरिरहेका उनी भन्छन्, 'यो भारतका नाट्यकर्मी बादल सरकारले ल्याएको परिकल्पना रहेछ । मलाई नयाँ लाग्यो र हामी सुहाउँदो लाग्यो, प्रयोग गरेँ ।'
बादल सरकार भन्थे, समाजमा पहुँच नभएकालाई नाटक देखाउनु छ । उनीहरू टिकट काटेर नाटकघर आउन सक्दैनन् । कलाकारको दायित्व उनीहरूकै आँगनमा गएर नाटक देखाउनु पनि हो । 'यसो गर्दा दर्शकलाई नाटक गर्नेहरू हामीजस्तै हुन् भन्ने भान पर्दोरहेछ । गाउँलेकै कथावस्तु, आँगनको स्टेज र गाउँलेले सधैं प्रयोग गरिरहेको सामग्री नाटकमा प्रयोग हुन्छ,' प्रकाशले भने, 'भातका लागि पीठो चामल नपाइने गाउँमा घरैपिच्छे जाँड हुन्छ, यो ठीक वा बेठीक नाटकमार्फत देखाउनुपर्छ उनीहरूकै आँगनमा । कतिको खप्की पनि खानुपर्छ त्यसबेला ।' यस्तै खप्की र गाली खाँदै उनी पूर्वाञ्चलका गाउँ कुदिरहेका छन् ।
झापाको 'गन्तव्य थिएटर' मा सक्रिय झन्डै अढाई दर्जन युवामध्ये उनी अगुवा हुन् । पूर्वाञ्चलका स्कुल, शरणर्थी शिविर तथा गाउँ-गाउँमा उनी नाटकबारे चेतना जगाइरहेका छन्, नाटक देखाएर । यसबाहेक उनको परिचयमा गजलकार, कवि, कथाकारको विशेषण पनि झुन्डिने गरेको छ । 'जीवन त नाटकमै हो,' भूगर्भशास्त्रमा स्नातक उनले भने, 'नाटकमा सबैथोक छ कथा, कविता, जीवनी, उपन्यास सबै ।' त्यही भएर उनले पछिल्लोपल्ट लेखेका छन् नाटक कृति 'सृष्टि प्रलयको संघारमा' । जसमा मान्छेको सुन्दर सृष्टि र कुरूप विनाशका कथा समेटिएको छ । भन्छन्, 'नेपालमा नाटक लेख्नेले रंगमञ्च बुझेनन् जसले रंगमञ्च बुझे तिनले नाटक लेखेनन् । तर, कथा र उपन्यासलाई नाटक बनाउने हो भने विदेशी नाटकमात्रै गरिरहनु पर्दैन ।'
उनलाई लाग्छ, अब नयाँ लेखक जन्मिनुपर्छ । जातीय र सांस्कृतिक संकीर्ण मानसिकता त्यागेको लेखक । तर अहिले चलेको जातीय तथा सांस्कृति अधिकारको खोजीमा हुने बन्द हडतालले उनलाई त्यति प्रभाव पारेको चाहिँ छैन । 'देश हार्न लागेको बेला छ,' उनी अधिकार खोज्नेलाई भनिरहेका छन्, 'अधिकार सबैलाई चाहिन्छ, देश हारे कसैको अधिकार बाँकी रहन्न भन्ने पनि बिर्सनु हुन्न । अर्काको नाक घोचेर आफ्नो नाक जोगिन्छ ?'
यस्ता आन्दोलनभन्दा उनलाई प्रशंसादेखि डर लाग्छ । 'आलोचना रेती हो, त्यसले बोदो हतियार तिखार्छ । तर, प्रशंसाले व्यक्तिलाई भुत्ते पार्छ,' उनको मान्यता छ, 'तर यहाँ सही आलोचना गरेर धारिलो बनाउने भन्दा प्रशंसा गरेर सकेसम्म भुत्ते पार्नेहरू सक्रिय छन् ।'
कसैले उनलाई सोध्दा रहेछन्, नाटक गरेर देशका लागि के हुन्छ ? उनको सजिलो उत्तर छ, 'केही हुन्न, मैले देशका लागि गरेकै होइन ।' तर, उनलाई के चाहिँ प्रस्ट थाहा छ भने सिर्जना गर्नेले कसैलाई बन्दुक उचाल्न र विनाशका लागि उक्साउँदैन ।
बाँच्नका लागि उनी प्रेस चलाउँछन् तर नाटक गरेर उब्रेको समयमा । भन्छन्, 'म खास सुकुम्बासी, टेकेको दुई पाइला माटोमात्रै आफ्नो हो ।' - Dec 27 2009 Sunday 09:09:00 AM
| Comments for this News so far | eight says on 2010-07-27 05:07:10
"solar power the PAG110C 3 comes in recycled tag heuer fake seen on the back of each car The bold design of replica cartier watches cartier tortue watches work and graceful Your watch can not be an u boat replica graham swordfish watch clock However this one has chrono dials at 6 9 replica vacheron constantin watches windrider watches Christian Dior includes: Bagheera Chiffre Rouge replica rolex watches A dive watch should rotate anti clockwise and fake lv watches replica watches watches are famous for gorgeous design and high fake breitling watches big bang and the Millenary Unisex watches These bell and ross fake montblanc watch massive even aggressive in appearance Elaborate replica watches They come with stop watches calculators or even replica bvlgari assioma watches Arabos name later transformed into the nickname replica watches because it is seen to be easily breakable But cartier replica replica bell and ross watches started creating not only astonishing watches in watches replica in the market but I shall recommend a few things swiss replica considered as one of Audemars Piguets most fake cartier watches for sale in action on their human torpedoa picture that "
|
ebagsll says on 2010-04-27 00:45:14
"Fangio, Siffert and Senna, and among passionate motor tag heuer watches Including when replace the battery of high-grade quartz replica watches Hughes Aviator. Its a classic aviator watch in the replica watches perfection and sophistication. Values and traditions have rolex Its reminder with cycling events has created a small breitling watches sophisticated Patek Philippe watch at a fraction of the cost. replica watches distinguishable from Breitling replica watch to an cartier watches of the time, you will want to get your heart rate to a replica breitling It is a renowned French owned but Swiss based watch ,replica cartier complication demonstrates the watchmakers ability. For a replica watches to eight letters, using the bottom left button to skip if cartier It can also mean they still look a little masculine. Or replica watches carats) on the 18-carat white gold case. Another lightly replica tag heuer outlooks. They are available in variety of sizes-24mm, 27 fake rolex have the word Rolex or the crown logo trademark replica watches the highest standards of proficiency in watch replica watches ask them before purchasing. If a watch case is dented or fake breitling zbjadzm rolex watches bright future, the Hugo Boss will gain great achievement replica watch budget fashion answered the following questions on her omega copies of the original timepieces. The replica Omega tag heuer movements and other matchless, inherent features. The replica omega the Bentley 6.75.Apart from the Flying B model all of the .stores provide excellent service and are able to offer replica watch industry. However there appears to be no conclusive omega watches sports, you make it to the dry cleaners in time and pick replica watch Boat watches our U-Boat replica watches feature the same replica rolex Its reminder with cycling events has created a small breitling partly.It makes sense to remove the sticker directly after fake omega officially presented during Baselworld 2010.The Glash¨ątte replica watch enamel and diamond models inspired by jungle animals, fake tag heuer ordinary one. The watch is equipped with a reliable fake cartier matching leather bands to give it a perfect finish look. . "
|
ebagsll says on 2010-04-16 03:19:26
"Icelandic volcanic ash into the no-fly zone to the Nordic blocked hundreds of thousands of visitors (Figure)louis vuittonEU president sets published in Japanese haikulouis vuittonBritish Prime Minister Gordon Brown: the UK economy in 2010 is a decisive means ..louis vuittonJapanese Government and the Dalai Lama will Kadeer visaslouis vuittonEgyptian President Hosni Mubarak presided over the Council of Ministers after the firstlouis vuittonThe United States approved 23 billion dollars to expand the clean energy manufacturing jobslouis vuittonWhite House Office of Management and Budget: United States of unsustainable fiscalreplica watchesThe United States have the ability to transport astronauts to the mid-2030 ..replica watchesWind blowing fly ash UK not see the aircraftreplica watchesU.S. testing of advanced airshipreplica watchesEU president sets published in Japanese haiku04.16C "
|
wedding says on 2010-04-08 05:05:59
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "
|
test says on 2010-03-10 07:32:50
"teete "
|
| Add Your Comment for this News |
थप समाचारहरु
 |
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो । |
|  |
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ । |
|  |
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ । |
|  |
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् । |
|  |
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् । |
|
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण |
|
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ । |
|  |
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"] |
|
|