Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत समाचार

संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्ë


उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवान २०६६ पुस ५

 

ुराष्ट्रिय स्वाधीनता विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकताु भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

 

पुस ३ गते माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन ुमिराकु र संघीय धिमाल स्वायत्त परिषदका केन्द्रीय संयोजक बाङगाइ धिमालद्वारा सामुहिक रुपमा ब्यानर खोलेर उद्घाटन गरिएको सो ऐतिहासिक सम्मेलनको उद्घाटन समारोह उर्लावारीस्थित् राधिका मा। वि। को प्राङगणमा हजारौं जनमासको उपस्थिमा बृहत् र्याली र विभिन्न साँस्कृतिक झाँकी र खेलहरुसमेतको प्रदर्शन गरी अतिथि वक्ताहरुबाट सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर सम्पन्न भएको थियो ।

 

ुपुस ३ र ४ गते उर्लावारी जाऔं संघीय धिमाल स्वायत्त परिषद्को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सफल पारौंु भन्ने नारा लेखिएको बृहत् र्यालीको ब्यानरसहितको हजारौंको सङ्ख्यामा उपस्थित् स्थानीय धिमाल तथा अन्य जाति लिम्बुवानवासीहरुको उपस्थिति र सहभागगितामा उर्लावारी बजार परिक्रमा गर्दै सङ्खुवा-अरुण-सप्तकोशी पूर्व लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने लिम्बुवान अन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको घोषणा हुनुपर्ने आदिवासी÷जनजातिहरुलाई आत्मनिर्णयको अधकिार हुनुपर्ने आई एल ओ महासन्धि १६९ तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका नाराहरु लगाइएको थियो । उक्त र्यालीमा स्थानीय मगर किरात राई लिम्बू र धिमाल जातिको साँस्कृतिक झाँकीहरुसमेत आ-आफ्नो ब्यानर र बाजागाजासहित सहभागी थिए । त्यसैगरी उस्सु र ताइकन्दो खेलाडी धिमाल र अन्य जातिका खेलाडीहरु पनि र्यालीमा सहभागी थिए । सो र्यालीको व्यवस्थापन र सुरक्षा लिम्बुवान भोल्युण्टियस्र एल।भी र लिम्बुवान धिमाल भोल्युण्टियस्र एल। डी। भी। ले गरेका थिए ।

 

बृहत र्यालीपछि उद्घाटन समारोहमा परिणत सभाको सभाध्यक्षता धिमाल स्वायत्त परिषदका संयोजक बाङगाइ धिमालले गरेका थिए भने प्रमुख अतिथिमा माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन ुमिराकु र विशिष्ट अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय माचका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफे रहनु भएको थियो ।

 

संघीय धिमाल स्वायत्त परिषदका केदार धिमालले स्वागत मन्तव्य राख्नेक्रम्मा अन्य विभिन्न राजनीतिक दलले यहाँका आदिवासी धिमाललगायतका जातिहरुलाई विभिन्न आश्वासनमात्र बाँड्दै आजसम्म केवल भोट बैंक मात्रै बनाउँदै आएको र आफ्नो हकअधिकारको सुनिश्चिताको लागि अरु कसैको भरोसामा नपरी आफैले आन्दोलित भएर संघर्ष गर्नु आवश्यक भएकोले धिमाल जातिहरु पनि राजनीतिक रुपमा सजक र सचेत भई लाग्नु परेको बताउनु भयो ।

 

उद्घाटन समारोहमा राई जातिको सोकला नृत्य मगर जातिको हुरर्रा लिम्बू जातिको केलाङ् र धिमाल जातिको साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । ती एउटै माचमा आलापालो प्रस्ततु गरिएका विभिन्न साँस्कृतिक नाचहरुले वास्तवमै सामाजिक सद्भाव र साँस्कृतिक सहिष्णुताको संकेत गर्दथ्यो । कार्यक्रममा धिमाल जातिका महिलाहरुको पोशाकले विशेष आकर्षण र रौनकता दिन्थ्यो । सायद नेपलका विभिन्न आदिवासी÷जनजातिमध्ये धिमाल महिला मात्र त्यस्ता महिला हुन् जसले आफ्नो परम्परागत पोशाकलाई जीवनचर्याकै क्रममा निर्माण र प्रयोग गरेर अस्तित्वमा ल्याएका छन् र आफ्नो जीवन्त र फरक पहिचान झल्काउन सकेका छन् ।

 

शुभकामना मन्तव्यको क्रममा संघीय लिम्बुवान महिला परिषदका सचिवालय सदस्य अमृता थेबेले हामी आदिवासी÷जनजातिहरु सदियौंदेखि विभिन्न विभेदपूर्ण ऐन कानुनहरु बनाएरै शोषण दमन गरिएको र सो क्रमलाई तोड्नको लागि हामी आफै आफ्नै तरिकाले आन्दोलित भएर संघर्ष गर्नुको विकल्प नभएको कुरा बताउनु भयो ।

 

लिम्बुवानका साचिवालय सदस्य विसेन्द्र चेम्जोङले आक्रोसित हुँदै आक्रामक शैलीमा विचार राख्दै लिम्बुवान स्वायत्त राज्य र त्यसअन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको घोषणा गर्नुपर्ने बताउँदै यदि सो नभएमा जस्तोसुकै मुल्य चुकाएरै भए पनि माग पूरा गरेरै छाड्ने चुनौती दिनुभयो ।

 

त्यसरी नै शुभकामना मन्तव्यकै क्रममा विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय माचका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफेले यो धिमाल जातिका महिलाहरुले जीवन्त रुपमा लगाउँदै आएको पोशाक ुपेटानीु लाई राष्ट्रियकरण गर्नुपर्ने साथै हामी सबै आदिवासी÷जनजातिहरु मिलेर आ-आफ्नै ठाउँबाट योगदान पुर्याउँदा मात्र हामीले चाहेको जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको संवैधानिक सुनिश्चितता हुने र सो समारोहमा उपस्थित् धिमाल महिलाहरुको सहभागिताले साँच्चिकै तमाम् आदिवासी÷जनजाति महिलाहरुलाई नै अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।

 

आफ्नो मन्तव्य राख्ने क्रममा समारोहका प्रमुख अतिथि माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ुमिराकु ले नेपालको संघीयता र स्वायत्तता प्राप्तिको आन्दोलनको इतिहासमा लिम्बुवानको विशिष्ट योगदान रहेको र लिम्बुवानको आन्दोलन उठानको सन्दर्भमा यहाँका आदिवासी धिमाल जातिको पनि त्यतिकै महत्वपूर्ण योगदान रहेको बताउनु भयो । वहाँले भन्नु भयो- सायद नेपालकै संघीयता र स्वायत्तताको आन्दोलनको धिमाल जाति र संघीय धिमाल स्वायत्त परिषदमात्र त्यस्तो जाति र राजनीतिक संगठन होला जसले सही सुझबुझले प्रस्तावित स्वायत्त राज्य लिम्बुवानलाई हृदयदेखि नै स्वीकार गरी त्यही राज्यको एक महत्वपूर्ण अंग लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्रमा रहन मनासिव र वैज्ञानिक हुने कुराको मुल्याङ्कन गरेर लिम्बुवान राज्यको समर्थन र त्यही अन्तर्गत् धिमाल स्वायत्त क्षेत्रको दावी गर्दै ऐतिहासिक सम्मेलनसम्म गरेर अगाडि बढ्न सकेको छ । यो नेपालका तमाम आदिवासी÷जनजाति र संघीयता तथा स्वायत्तताको आन्दोनलमै एउटा उदाहरण हुनसकेको बताउनु भयो । मन्तवकैक्रममा लिङदेनले भने- हामी एकदिन यो लिम्बुवान राज्यमा धिमाल पनि मुख्यमन्त्री भएको हेर्न चाहन्छौं । र लिम्बुवानअन्तर्गतको धिमाल स्वायत्त क्षेत्र लिम्बुवान राज्य सरकार र प्रशासनमै धिमाल जातिको उत्तिकै सहभागिता प्रतिनिधित्व र भूमिका रहेको व्यवस्था चाहन्छौं । भर्खरै माओवादीले घोषणा गरेको कथित कोचिला राज्यप्रति असहमति जनाउँदै सो घोषणालाई धिमाल स्वयम्ले नै अस्वीकार गरेको तर्फ जोडदिँदै जातीय आधारमा स्वायत्त आधारमा राज्य घोषणा हुनु सकारात्मक हँुदाहुँदै पनि ऐतिहासिक लिम्बुवानलाई टुक्राउने गरी ल्याइएको कोचिला राज्यलाई अविलम्ब फिर्ता गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रमको अन्तमा समारोहलाई सम्बोधन गर्दै धिमाल स्वायत्त परिषदका संयोजक बाङगाइ धिमाले भने- ुधिमाल जातिहरु आदि अनादिकालदेखि बसोबास गरेको भूमि पश्चिममा कोशी पूर्वमा मेची उत्तरमा विजयपुर छेउ साँगुरीगढ चुरे पर्वतदेखि दक्षिण हुलाकी मार्ग भँुडे सिमलहँुदै धिमाल धुरा उत्तरसमेतको भौगोलिक सिमाभित्रका जंगल खोला नाला गाउँबस्तीलगायत जिल्लाको नामसमेत धिमाल भाषाबाट नामकरण भएकोले सो क्षेत्र लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र हुनुपर्छ ।

 

पृथ्वीनारायण शाहले राज्य विस्तार तथा एकात्मककरण गर्नेक्रममा पूर्व लिम्बूवानमा १७ पटकसम्म हार खाएपछि पुनः अठारौं पटकको युद्धमा कोशी चतराघाटमा धिमाल सेनाहरुले सात दिन सात रातसम्म युद्ध लडेको इतिहास छ । त्यस युद्धको नेतृत्व सुघाई र बाङगाई धिमालले गरेका थिए । वि।स। १९७६ भन्दा अगाडि शाह वंशीयकालमा माल र लाख भनी भूमिसम्बन्धी व्यवस्था गर्दा लाखलाई किपट भूमि खास गरेर पहाडी क्षेत्र लिम्बू बसोबास क्षेत्र परेको तथा मालमा आधारित भूमि तराई चुरे पर्वतदेखि दक्षिणको भाग मा विभाजन गरेकोले लिम्बुवान भूमिहरु अतिक्रमण शुरु भएको साथै बसाई सराई सम्बन्धी कानुन बनेपछि हाम्रो जल जमिन जंगल आदिवासीहरुको प्राकृतिक सम्पदामा हस्तक्षेप गरी अधिकारबाट बिाचत गराउँदै लिम्बू र धिमाल तथा अन्य जातिबीचको जातीय सद्भावलाई फुट गराई एकीकरणको नाममा शाहवंशीकरण र एकात्मककरण गरिएको थियो । यही शोषण दमन र उत्पीडनबाट मुक्त हुन हामीले लिम्बुवानअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र हुनुपर्दछ ।ु <br>

सो उद्घाटन समारोहको साचालन मातृका धिमालले गरेका थिए ।

 

सम्मेलनको बन्द सत्रले निम्नानुसारको संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् धिमाल स्वायत्त परिषद् केन्द्रीय कार्य समितिको चयन गर्दै तपशीलका महत्वपूर्ण निर्णय र मागहरुसमेत तय गरेको छ-

 

संघीय धिमाल स्वायत्त परिषद् केन्द्रीय कार्य समितिः

१। अध्यक्षः बाङगाइ धिमाल

२। उपाध्यक्षः अजित धिमाल

३। उपाध्यक्षः गंगा धिमालम

४। महासचिवः केदार धिमाल

५। सचिवः मातृका धिमाल

६। अर्थ सचिवः माजु धिमाल

७। संगठन विभाग प्रमुखः शिला धिमाल

८। साचार विभाग प्रमुखः शान्ति धिमाल

९। धिमाल स्वयम्सेवक प्रमुखः जितेन्द्र धिमाल

१०। प्रशिक्षण विभाग प्रमुखः मोहन धिमाल

११। भाषा तथा संस्कृति विभाग प्रमुखः इन्द्रकुमारी धिमाल

१२। जातीय विभाग प्रमुखः श्रीप्रसाद धिमाल

१३। महिला विभाग प्रमुखः विमला धिमाल

केन्द्रीय सदस्यहरु

१४। रामचन्द्र थापा मगर

१५। सूर्य माझी

१६। सुशिला धिमाल

१७। दमन धिमाल

१८। धनराज धिमाल

१९। तिलक धिमाल

२०। सन्तोष धिमाल

२१। नरेश धिमाल र

मनोनित दुई गरी जम्मा २३ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरिएको छ ।

Comments for this News so far
four says on 2010-08-25 23:17:13
"Home News mens watches watches on the cutting edge as you can see in tag heuer watches fake tissot classic watches qualifying session Its been an incredible three fake panerai submersible watches for bentley watches The G shock watch shown above is presented in a breitling watches fake bell and ross hand watches and a Roma watch is featured here for cheap watches last year Karen Millen launched a stunning range replica watches profile watches upright positions by means of a mobile cage fake cartier watch getting a higher stop wristwatch for females bear fake bvlgari watches out their spy fantasies The delicate appearance replica watches is another valuable Harry Winston watch as it will breitling windrider Timex Company has remained at the forefront of replica watches sub categories jewellery watches top the rest tag heuer replica replica graham watches the Skagen fans just spare your time out to the replica rolex watches for sale offer better than smaller ones as their name is watch tag heuer way any table surface Most amateur horologists do rolex watches which harnesses the power of the sun to increase "


axial says on 2010-06-07 21:43:53
"replica gucci bags fake chanel wallets portable works of art.These louis vuitton fake bags come out with attractive and gucci fakes lv purse which organizes their fake gucci wallets for men innards on full display On the replica lv handbags replica louis vuitton travel handbags other articles the way to know the fake louis vuitton magnetic snap bag closing fasteners replica louis vuitton mens bag handbag fake mobile lights at a bar Besides chanel fakes the company Miuccia Marios fake louis vuitton mens wallet fake louis vuitton bags capacity goes to 855 cubic inches louis vuitton wallets for men personal taste and helps accentuate louis vuitton replica fake louis vuitton travel bags one will notice how unflattering cheap louis vuitton bags replica experience days If you want to bags replica fake louis vuitton bags Jacqueline Kennedy Onassis when she replica handbag coin purse Beaded or feathered replica lv bags louis vuitton handbags shoulder bags and totes only because of the fact that they louis vuitton mens wallet replica height People who are luckily "


ebagsll says on 2010-04-16 03:32:11
"Icelandic volcanic ash into the no-fly zone to the Nordic blocked hundreds of thousands of visitors (Figure)louis vuittonEU president sets published in Japanese haikulouis vuittonBritish Prime Minister Gordon Brown: the UK economy in 2010 is a decisive means ..louis vuittonJapanese Government and the Dalai Lama will Kadeer visaslouis vuittonEgyptian President Hosni Mubarak presided over the Council of Ministers after the firstlouis vuittonThe United States approved 23 billion dollars to expand the clean energy manufacturing jobslouis vuittonWhite House Office of Management and Budget: United States of unsustainable fiscalreplica watchesThe United States have the ability to transport astronauts to the mid-2030 ..replica watchesWind blowing fly ash UK not see the aircraftreplica watchesU.S. testing of advanced airshipreplica watchesEU president sets published in Japanese haiku04.16C "


ebagsll says on 2010-04-16 03:16:00
"Icelandic volcanic ash into the no-fly zone to the Nordic blocked hundreds of thousands of visitors (Figure)louis vuittonEU president sets published in Japanese haikulouis vuittonBritish Prime Minister Gordon Brown: the UK economy in 2010 is a decisive means ..louis vuittonJapanese Government and the Dalai Lama will Kadeer visaslouis vuittonEgyptian President Hosni Mubarak presided over the Council of Ministers after the firstlouis vuittonThe United States approved 23 billion dollars to expand the clean energy manufacturing jobslouis vuittonWhite House Office of Management and Budget: United States of unsustainable fiscalreplica watchesThe United States have the ability to transport astronauts to the mid-2030 ..replica watchesWind blowing fly ash UK not see the aircraftreplica watchesU.S. testing of advanced airshipreplica watchesEU president sets published in Japanese haiku04.16C "


wedding says on 2010-04-08 05:04:44
"Over the years, cheap prom dresses Las Vegas has acquired the distinction of being the most sought out destination for weddings. wedding invitation wording There are maximum numbers of chapels throughout the city and all the chapels portray a touch of traditional elegance, beauty, and charm. bridesmaid dresses Las Vegas wedding chapels are famous worldwide and are considered amongst the best wedding chapels throughout the world. dress up games There are around ten wedding chapels in Las Vegas that come under the category of lace wigs best chapels and are listed on many online websites. "


b.b.nembang says on 2010-03-10 10:59:53
"आदिबसी जनजाती समुदयबाट उठायको मुद्दा एकदमै देशकलाई सुहाउदो र देशको भलो हुने मुद्दा उठाइएको छ यस्लाई सबैले आत्मासत गर्नु पर्छ! किनकी देशको क्षेत्रफलको आधारले,भौगोलिक आधारले,जातिय बिबिधता र धर्मिक सास्कृतिकताको आधारले पनि उप राज्य बनाउन योग्य र शान्ति पूर्ण छ "


  Add Your Comment for this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
 

थप समाचारहरु
Recent News Events
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ुकिरात याक्थुङ चुम्लुङ लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलनु विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ भाद्र १५ मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
Recent News Events
किरात याक्थुङ चुम्लुङ कतारका प्रथम उपाध्यक्ष श्री ज्ञानेन्द्र कुरुम्भङ्ग तथा कोषाध्यक्ष श्री राजेश याक्थुङसालाई संयुक्त रुपमा भव्य समारोहका विच विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
Recent News Events
अगष्ट १४ दोहा, कतारमा कार्यरत नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि किरात याक्थुङ चुम्लुङ कतारका मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।
Recent News Events
आदिवासी जनजाति नेताहरुले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित नगरिए स्वीकार्य नहुने बताएका छन् ।
Recent News Events
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् ।
इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति लिम्बुवानको ध्यानाकर्षण
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले १६ औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
Recent News Events
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रुपमा मात्र मान्दैनन् ।"]
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
-› समुद्रपारि डट् कम्
-› सीआरआइ अनलाइन
-› डामाडोल डट्कम् -हास्यब्यंग
-› डिसी नेपाल डट कम
-› ईनेपालन्यूज डट् कम
-› युरोनेपाल डट कम
-› फ्रि नेपाल डट कम
-› एचके नेपाल
-› केटाकेटी डट ओआरजी
-› नेपाली पोष्ट
-› नेपालसमाचार डट् कम्
-› नेपाल दुबई डट कम
-› नेपाल कोरिया डट कम
-› नेपाल अरब डट कम
-› नेपाल कतार डट कम
-› नेपाल कोरिया न्युज डट कम
-› नेपाल होराइजन्स डट कम
-› नेपालब्रिटेन डट् कम्
-› नेपाल सिंगापुर डट कम
-› पीस मेडिया
-› प्रवासी नेपाली डट कम
-› द नेपाल डाइजेष्ट
-› खोजतलास अनलाइन
-› कृष्णसेन अनलाईन
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: