Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

फेरी लड्नै पर्ने भएको छ ।


  लेखक : यसोदा अधिकारी   |   Views : 427   |   Last Updated : 18 Apr 2009 Saturday

पुरानो सारीको सप्को
काँधमा हालेर
चाउरिएको ट्यार्लिनको चोलो
तीन ठाँउमा टालेर
मकै र भटमास
पोल्टामा राखेर
उही बाउका छोराछोरिलाई
बिउताँउने म
त्यही लोग्नेकी श्रीमती
उही क्या

साने दमाइकी अर्धाङिनी
बाध्यताले लाएकी छु
मखमलको सारी
बाध्यताले बाधेकी छु
खाँडिको पटुका
बिवसताले बाटेको छु
एक चुल्ठी कपाल
मात्र उही मालिकका निम्ती
खुन पसिना बगाइ दिएको छु
दिन भरी बेचिन्छन
मेरा श्रमहरु
पैसा जोहो छैन
आँफै नताती चुल्होमा
आगो बल्दैन
आफुलाई दुई छाक टार्नु
निकै परको कुरा भएको छ
मालिक मेरो
सेवा चाहन्छ
समाज मेरो
बहिष्कार चाहन्छ
लोग्ने जाँड खाएर पिट्छ
छोरा छोरी
मलाई नै लुछिरहन्छन
मैले बगाएको
पसिनाको मुल्यको लागि  
मैले बाढि भएर
बग्नै पर्ने भएको छ
यो ब्यवस्थामा
मान्छे भएर बाँच्न
मैले अर्को
संघर्ष गर्नु पर्ने भएको छ
जस्ले लगाइदियो साँध
जातियताको
जस्ले लगाइदियो बिल्ला
अछुतको
उसैको अन्त्यका लागि
मैले फेरी
लड्नै पर्ने भएको छ 
 



थप लेख रचनाहरु
कति गन्हाउनु मेरा बाघका सन्तानहरुलाई एकातिर सेवासावाहरु होमादि भइरोटिमा छन् अस्तित्व थमाउने सेलरोटीमा अर्को थरि फेदाङ्गमा हरु मासृुमा छन् अपनत्व बचाउने तोङ्गवा मा छन् यो विचमा म दुधको मानितो बनेर बुद्धम सरगम गच्छामी फलाक्दिन
Author : सेलिङ्ग के. सी. | Views : 323 | रहल...
म- सोचिरहेछु साँच्चै…… पानीको वेगहरुमा सपनाकाृ कुनै अर्थ हुन्नरहेछ आफ्नो भन्नु आफन्त पनि आफ्नो हुन्न रहेछ
Author : बिमला तुम्खेवा | Views : 314 | रहल...
तिम्रो लागि रगत र पसिना बगाउन परे बगाउला काङसोरे,श्रीजङ्गा मात्र होइन राज कुमार जस्ता अरु हजारौ राज कुमार जन्माउला तर लिम्बुवान छोडेर नजाउ है
Author : ऐत राज तुम्रोक | Views : 271 | रहल...
मैले छोडेर आउँदा मेरो देशमा चाँप, गुराँस, चम्पा, बेलि र चमेली फुलेको हुन्थ्यो झकमक्क माछापुछ्रेको सितल पवनसँग फेवा र बेगनासलाई चुम्दै तराई पहाड बहकिएर बसाउँथ्यो मगमग मिरमिरेमा सुर्यको किरणसँगै
Author : मणि बाङदेल 'सागर' | Views : 209 | रहल...
प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ
Author : ऐत राज तुम्रोक | Views : 317 | रहल...
युरेसिया खण्डको विशाल समुन्दी पिँध धसिन्दा अभेद्य पर्खाल भएर उभ्ने तिब्बती ढाल नडगमगाईकन उभि रहृर्‍यो समुन्द्रको सतह चुलिन छाडेन
Author : टंक वनेम | Views : 416 | रहल...
कविता
Author : विक्रम सुब्बा | Views : 280 | रहल...
[कविता]
Author : निमेष गिरी | Views : 249 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: