Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

सुन्दैछु


  लेखक : ऐत राज तुम्रोक   |   Views : 272   |   Last Updated : 5 Jan 2009 Monday

सेसेलुङ फक्ताङलुङ सगै हासिरहने मेरो लिम्बुवान
यालाङ केलाङ र हाक्पारेको तालमा हासिरहने मेरो लिम्बुवान
सुन्दैछु
सुन्दैछु प्रबासबाट धेरै भयो हासेको छैन।
बिहानी झुल्के घाममा सुमधुर स्वरमा सेलोक गर्दै
नाज्दै गाउने न्याउली चरिले,सुन्दैछु गाउनै छाडयो रे।
धन्य छ लिम्बुवान
सुन्दैछु धेरै सुनेको छु,
च्याब्रुङ र पालामको तालमा नाच्ने तिम्रा छोरा छोरी
खोइ आधुनिक च्याब्रुङ र पालामको तालमा नाच्न थाल्यो रे,
छि कस्तो आधुनिक हो
लाज लाग्ने सबै देखिने कपडा लगाएर पो नाच्न थाल्यो रे
धन्य छ लिम्बुवान,
तिम्रा छोरा छोरीले तिमीले पहिराइ दिएको गुन्यो चोलि,दौरा,सुरुवाल लाउनै छाडयो रे
 यस्तै यस्तै धेरै सुन्दैछु
जे गर्‍यो गर्नेले
तर
तिमीले हामीलाई छोडेर नजाउ है
दस लिम्बुवान सत्रथुम , कुम्मायक कुसायक,सेसेलुङ फक्ताङ्लुङ सँग
नाता गासेर बसेको लिम्बुवान
नाता सधैं अमर रहोस है
सुन्दैछु,
तिम्रो सुन्दर रुपमा धेरैको दाउपेच र लमी लागेको छ,
त्यसैले कोहिले कोचिला,कोहिले खम्बुवान,कोहिले किरात,कोहिले लिम्बुवान कता मन पर्छ रोज
तिम्रो मोल लगाइन्दै छ रे,
तर
कन्चन जङ्गा, फक्ताङलुङ र पाथिभराको कसम खाएर भन्छु
त्यस्तो पवित्र ठाउलाई छोडेर,पराइ सँग नाता गास्न नजाउ है
बरु
तिम्रो लागि रगत र पसिना बगाउन परे बगाउला काङसोरे,श्रीजङ्गा मात्र होइन
राज कुमार जस्ता अरु हजारौ राज कुमार जन्माउला
तर
लिम्बुवान छोडेर नजाउ है
सुन्दैछु बर्खरै सुन्दैछु
तिम्रो बच्चाउ पक्क्षमा
बिरमान,कुमार,दिल,धुर्व,डम्बर,पूर्ण र उत्तम लागि परेका छन रे।
धन्य छ ति ब्यक्तिहरुलाई
आची पुछेर फ्याकिएका लिम्बुवानको इतिहासका पानाहरु
 फेरी बटुलेर
नयाँ इतिहासका पाना कोर्दै छन रे
धन्य छ लिम्बुवान
यस्तै यस्तै थुपै यस्तै
वीर पुरुसहरुको जन्म दिनु छ तिमीले
त्यसैले
लिम्बुवानको नाता लिम्बुवान सगै रहनु पर्छ है
लिम्बुवानको नाता लिम्बुवान सगै रहनु पर्छ है।


थप लेख रचनाहरु
कति गन्हाउनु मेरा बाघका सन्तानहरुलाई एकातिर सेवासावाहरु होमादि भइरोटिमा छन् अस्तित्व थमाउने सेलरोटीमा अर्को थरि फेदाङ्गमा हरु मासृुमा छन् अपनत्व बचाउने तोङ्गवा मा छन् यो विचमा म दुधको मानितो बनेर बुद्धम सरगम गच्छामी फलाक्दिन
Author : सेलिङ्ग के. सी. | Views : 323 | रहल...
पुरानो सारीको सप्को काँधमा हालेर चाउरिएको ट्यार्लिनको चोलो तीन ठाँउमा टालेर
Author : यसोदा अधिकारी | Views : 427 | रहल...
म- सोचिरहेछु साँच्चै…… पानीको वेगहरुमा सपनाकाृ कुनै अर्थ हुन्नरहेछ आफ्नो भन्नु आफन्त पनि आफ्नो हुन्न रहेछ
Author : बिमला तुम्खेवा | Views : 314 | रहल...
मैले छोडेर आउँदा मेरो देशमा चाँप, गुराँस, चम्पा, बेलि र चमेली फुलेको हुन्थ्यो झकमक्क माछापुछ्रेको सितल पवनसँग फेवा र बेगनासलाई चुम्दै तराई पहाड बहकिएर बसाउँथ्यो मगमग मिरमिरेमा सुर्यको किरणसँगै
Author : मणि बाङदेल 'सागर' | Views : 209 | रहल...
प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ
Author : ऐत राज तुम्रोक | Views : 317 | रहल...
युरेसिया खण्डको विशाल समुन्दी पिँध धसिन्दा अभेद्य पर्खाल भएर उभ्ने तिब्बती ढाल नडगमगाईकन उभि रहृर्‍यो समुन्द्रको सतह चुलिन छाडेन
Author : टंक वनेम | Views : 416 | रहल...
कविता
Author : विक्रम सुब्बा | Views : 280 | रहल...
[कविता]
Author : निमेष गिरी | Views : 249 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: