हाँस्ने छैन फकाउन व्यर्थै मलाई मोती नदेऊ
रुनलाई बिन्ती बरु यो आँखालाई छोपी नदेऊ
तिमीले नै रोपेका हौ यो मन भरि फूलहरु
उखेलेर आफैंले नै बिन्ती अब रोपी नदेऊ
बनाएर भत्काइ गयौ सुन्दर एक वाग ममा
बालुवाको महलझैं बिन्ती यो मन सोची नदेऊ
मायाको त्यो बदलामा जीवनभर नै आँशु बनी
यी नयनमा आइ बाटो बिन्ती गर्छु रोकी नदेऊ
एकान्तमै रमाउन देऊ ऊदास यो जीवन मेरो
सँगालेका यिनै खुशी बिन्ती हजुर खोशी नदेऊ ।



