Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

सुगम संगीत ओझेलमा पर्ने डर छः दिनेश सुब्बा


  Author : Kantipur   |   Views : 224   |   Last Updated : 4 Jan 2010 Monday

अधिकांश समय हारमोनियम, कि-बोर्ड र मादलमा औला नचाइरहेका भेटिने संगीतकार दिनेश सुब्बा आइतबार साँझ आफ्नै कथाव्यथा पर्दामा नियालिरहेका थिए । आफ्नै कथा पर्दामा हेर्दा कस्तो लाग्दो रहेछ त ?

राम्रा संगीतकारका रुपमा हङकङे नेपाली माँझ चिनिएका उनका जीवनका भित्री पाटाहरु बारे भने उपस्थित अधिकांश अञ्जान थिए । परदेशी संगीतकारका आरोह अवरोह बारे जान्ने उत्सुकताले करिब डेढ घण्टा लामो वृत्तचित्रमा सबैका आँखा एकनासै पर्दामा टोलाइरहे । मुख्य नायक उनैलाई बनाइएको 'हावाको क्यानभासमा' नामक उक्त वृत्तचित्रले उनीजस्ता दर्जनौ नेपाली संगीतकर्मीका जीवनका विभिन्न पाटा उजागर गरिरहेका थिए ।

कुनै बेलाका नामी संगीतकार सुब्बा सफलताका चुलीमा रहेकै बेला करिब तेह्र बर्षअघि नेपालबाट यता हानिएका थिए । यसका कारण बालबच्चाको भविष्य बनाउने सोच रहेछ । तर संगीतप्रतिको उनको साइनो परदेशमै आएर पनि कहिले छुटेन् । करिब चारबर्षअघि उनले खोलेको 'हिमालयन टोन्स म्युजिक एकेडेमी' हङकङे नेपाली संगीत पारखीहरुका बिसौनी बनेको छ ।

आधुनिक गायनका स्थापित नाम  रामकृष्ण ढकाल, यम बराल, सत्यराज आचार्य यिनैले संगीत भरेका गीत गाएर रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका हुन् । ढकालको परिचयसँग जोडिएर आउने 'एउटा सुन्दर संसार थियो..., हुरी आई उडाई दियो...' लगायत आजसम्म गायक बरालको परिचय बोकेको 'बादलुको घुम्टोले इलाम बजार छोपिँदा...' सुब्बाकै संगीत सिर्जना हुन् । करिब सत्तरी गीतमा स्वर र चार सय गीतमा संगीत भरेका ४७ बर्षे यिनले करिब तीन दशक सांगीतिक यात्रामै विताएका छन् ।

आफ्नै जिवनका भोगाईहरु पर्दामा हेर्दा कस्तो अनुभूति भयो ?

रमाइलो साथै अनौठो पनि । मेरा संागीतिक यात्राका आरोह अवरोह, भोगाइ, पीडा समेटिएका भएपनि वृत्तचित्रले नेपाली संगीतिक यात्रामा होमिएका अन्य दर्जनौं कलाकर्मीका प्रतिनिधित्व गरेको छ ।

वृत्तचित्र बनाउने सोच कसरी आयो ?

यो सोच रविन राईको हो । उहँाले मेरा बारेमा वृत्तचित्र निर्माण गर्ने प्रस्ताव ल्याउनु भयो । सुरुमा आफ्ना बारेमा वृत्तचित्र बन्ने बेला भइनसकेको ठानी स्वीकार गरिन् । तर मेरो जस्तो समानान्तार भोगाई हुनेहरुको संख्या दर्जनौमा रहेकाले थुप्रै नेपाली कलाकर्मीका वास्तविकता उजागर हुने ठानी राजी भए । वृत्तचित्र प्रर्दशनबाट संकलित सम्पूर्ण रकम दृष्टिविहिन बालबालिकाहरु अध्यनरत धरानस्थित श्री पूर्वाञ्चल ज्ञान चछु विद्यालयलाई प्रदान गरिने भएकाले अझ उत्साहित छौं ।

गायक बन्न सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको संगीतकारका रुपमा स्थापित हुनभयो कसरी ?

प्रायः मेरा गीतहरुमा मैले नै संगीत भर्थे । साथीभाईहरुले समेत यसैका लागि हौंस्याउथे  । मैले स्वर दिएका भन्दा संगीत भरेका गीत चर्चामा आएपछि संगीतकारकै रुपमा पहिचान बन्यो । पछि इलाहाबादवाट संगीतमै डिप्लोमा समेत गरे । तर गाउने रहर अझै मेटिएको छैन् । गाउदै पनि छु ।

आफ्ना कुन-कुन गीत राम्रा लाग्छन् ?

'बादलुको घुम्टोले इलाम बजार छोपिँदा...' यम बराललाई नेपाली सांगीतिक फांटमा स्थापित हुन सहयोग पुर्‍याउने गीत मान्छु म जुन मेरो समेत पहिचान बन्यो । उषाकिरण अधिकारी र मेरो संयुक्त स्वर रहेको 'तिम्रो हाम्रो मनको दूरी बढे जस्तो छ...' पवित्रा सुब्बाको साथ रहेको 'थाहा नपाई मेरो माया तिमी सित बस्यो है...' मेरो आफ्नै स्वर र संगीतमा रहेको 'मैले रोजेको फूल टिप्न सकिन...' मेरो संगीतमा अरुण थापाको स्वर रहेको 'तिमी हेर्छौ भने यो जिन्दगीमा नदेखिने घाउ धेरै धेरै छन्...' लगायतका छन् ।

रामकृष्ण ढकालको पहिलो रेकर्डेड गीतमा तपाईकै शब्द संगीतको अवसर कसरी जुर्‍यो ?

रामकृष्ण करिब आठ-नौ बर्षको हुँदा गोपाल कमाचार्यले संगीत प्रशिक्षण दिने जिम्मा मलाई लगाएका थिए । मैले उनलाई स्वर संगीत बाहेक विभिन्न वाद्यवादनहरुका प्रशिक्षण पनि दिएको छु । प्रशिक्षणका क्रममा उनको गीत रेकर्ड गर्ने कुरा चल्यो । यसैक्रममा 'हाम्रो सुन्दर संसार थियो...' तयार गरियो जुन उनको पहिलो रेकडेर्ड गीत थियो ।

परदेशमा संगीत एकेडेमी चलाउने सोच कसरी आयो ?

यहांका संगीत प्रशिक्षण केन्द्रहरुमा तालिम लिनुपरे हाम्रा लागि भाषागत समस्या त छन नै शुल्क समेत निकै महँगो पर्छ । परदेशमै बसेपनि संगीतमा आफुले हासिल गरेको ज्ञान र सीप नयँा पुस्तामा पनि बाडौ भन्ने उद्देश्यले संगीत एकेडेमी खोलेको हुँ ।

हङकङे युवापुस्तामा नेपाली गीतसंगीत प्रति कस्तो लगाव पाउनुहुन्छ ?

यहँाका युवापिढीहरुमा पनि नेपाली गीतसंगीत प्रतिको लगाव उत्तिकै छ । आफ्नो बाजागाजा, लय र ताललाई कसले बिर्सन सक्छ र ? तरपनि मोडर्न, अंग्रेजी र हिन्दी संगीतको प्रभाव नेपालीमा बढ्दै गएको छ । जसले सुगम संगीत ओझेलमा पर्ने डर छ । नयां पुराना बीचको पुस्त्यौनी ग्याप लाई पुर्न सबैले कसरत नगरे पछिल्लो पिढीले नेपाली संगीत बिर्सन पनि सक्छन् ।

हङकङ याउ मा तेइस्थित हेनरी जी ल्योङ हलमा आइतबार वृतचित्र 'हावाको क्यानभासमा' प्रर्दशनका क्रममा गीत गाउदै दिनेश सुब्बा । तस्वीर : निमर्ल श्रेष्ठ .



थप लेख रचनाहरु
परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन ।
Author : तारा लिम्बू | Views : 251 | रहल...
आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ ।
Author : एम. बि. साँवा दोहा, कतार | Views : 402 | रहल...
मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डोर्‍याएर अगाडी बड्नु नितान्त आवास्याक छ। दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही,
Author : राज राई संगम | Views : 319 | रहल...
आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए पनि त्यहाा पुग्न सफल भए । आदिबासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्ग ज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त समारोहमा प्रमुख अतिथीमा नेपाली राजदुताबासका राजदुत महामहिम श्रीमान डा. सुर्य नाथ मिश्र ज्यू हुनुहुन्थ्यो
Author : एम. बि. सावा दोहा, कतार | Views : 463 | रहल...
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो ।
Author : कुमार लिङ्द्देन | Views : 478 | रहल...
आज हामी आफू को हौ भन्ने पट्टी रत्ती भर पनि चासो राख्दैनौ बरु अरुको देखासिकी गरी कागले कान लग्यो भन्न साथ कागको पछि दौडन जान्छौं ।
Author : खुम राना मगर | Views : 435 | रहल...
यस लेख द्घारा किरात लिपी र किरात लिम्वू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पर्ूण्ा किरातीले प्रयोग गर्ने लिपी भने एउटै छ ।
Author : जवेगु दिलीप लिम्बू | Views : 386 | रहल...
संविधानसभाको निर्वाचनमा सर्वाधिक ठूलो दल सावित भएको नेकपा माओवादीको महत्वाकांक्षा मन लोभ्याउने खालको छ । संविधानसभाको पहिलो बैठकपछि यसको नेतृत्वमा सरकार बन्ने निश्चित भैसकेको छ ।
Author : अनिल पाण्डे | Views : 260 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: