Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

महिलामाथि महिलाकै दमन ?


  Author : तारा लिम्बू   |   Views : 251   |   Last Updated : 26 Dec 2009 Saturday

परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन । 'विकसित र प्रजातान्त्रिक' देशमा पनि पुरुषसमान छैनन् नारी । यसको सीमांकन मूलतः पुरुषवादी मानसिकताले गर्दै आएको छ । यसमा कानुनका धारा र सरकारी निर्णयको प्रभाव न्यून रहेको छ ।
भन्न त नारीलाई सृष्टिकर्ता भनिन्छ तर, व्यवहारमा नारीका हरेक रूप दबित छन् । छोरीले छोराजति अवसर पाउँदिन । श्रीमतीले श्रीमान्जति स्वतन्त्रता पाउँदिन । आमाले बुबाजति बाहिर संसार देख्न पाउँदिनन् । यस्तो विभेद संस्कारकै रूपमा विकसित भएको छ । यस्ता संस्कार फेर्न धेरै छलफल र बहस भएका छन् । सरकारी-गैरसरकारी संस्थाबाट भएका प्रयासको परिणाम पनि प्रभावकारी छैन ।
अचेल गरिबभन्दा गरिब मुलुकमा पनि महिला अधिकारको आवाज उठेको छ । महिलाका लागि समानता र स्वतन्त्रताको माग भएको छ । यसकै निम्ति नियम र कानुन पनि बनेका छन् । तर, पुरुषप्रधान समाज भएको देशमा सबै नीति कागजी खोस्टो मात्र सावित भएका छन् । त्यस्ता समस्याबाट नेपाल पनि अलग छैन । किनभने व्यवहारमा नेपाली महिलाकोे स्थिति पनि अति दयनीय छ । हुन त नेपालको संविधानमा महिला अधिकार छ, व्यवहारमा भने गाउँ-घरका महिला घरभित्र बसे चुलोचौका, घरबाहिर गए घाँसदाउरामा सीमित छन्, एकाधबाहेक । उनीहरूलाई सन्तान र परिवारको लालनपोषणबाहेक अर्काे जिम्मेवारी नै दिइएको छैन । के यसरी नै हुन्छ महिलाको उत्थान ? यस्ता क्रियाकलापले महिलालाई गर्व महसुस गराउँछ, स्वतन्त्रता र समानता दिलाउँछ ? प्रस्नको ताँती छ, तर समाधानको उत्तर छैन ।
दुबोजस्तै मौलाएको टिभी, पत्रिका र एफएममा महिला हिंसाका खबर व्याप्त छन् । दाइजो नल्याइएको दोषमा श्रीमती जलाइनु, बोक्सीको नाममा महिलालाई दिसा-पिसाब खुवाइनु, प्रेम र विवाहको नाममा महिलालाई अलपत्र पारिनु ! यी हाम्रै समाजका बग्रेल्ती समस्या हुन् । प्रश्न उठ्छ, पुरुषलाई चाहिने दाइजो हो कि सक्षम श्रीमती ? महिला बोक्सी भएको वैज्ञानिक प्रमाण छ ? पुरुषबाट महिलाको विजोग हुँदा महिलालाई नै दोष दिनु न्यायसंगत हुन्छ ? यस्ता प्रश्नमाथि प्रश्न उठेका छन्, तर उत्तर खोज्ने काम कछुवाको तालमा छ । हो, महिला आफैँ यी समस्या चिरेर अगाडि आउन सक्ने अवस्था पनि छैन । उनीहरूमाथि ठूलो मनोवैज्ञानिक भार र दबाब छ । प्राचीनकालदेखि नै महिलाभित्र समर्पणभाव भरिएको छ, जसलाई लत्याएर बढ्न खोज्नेलाई गलत नजरले हेर्ने संस्कृति छ । यसकै उदाहरण हुन्, पुरुषको दबदबामा बस्नुपर्ने समुदायको विरोध गर्दा देशनिकाला भएकी बंगलादेशी लेखिका तसलिमा नसरिन ।
अधिकांश पुरुष महिलामाथि महिलाले नै दमन गरेको बताउँछन् । सामान्यतया महिलामाथिको हिंसा र अत्याचार यस्तै दृश्य देखिन्छ । तर, बुहारीलाई अह्रन-खटनमा राख्ने सासूको सोच बनाएको पुरुषले नै हो । महिलामाथि दमन गर्ने महिला त मतियार मात्रै हुन् । छोरालाई सम्मान नगरेको आरोपमा बुहारीलाई दोष देखाउने चिन्तन पनि पुरुषले नै बनाएका हुन् । यस्तो मानसिकता र व्यवहारको अभ्यास महिलालाई सानैदेखि गर्न लगाइन्छ । छोरीलाई आप\mनो खुट्टामा उभ्याउनुको सट्टा बिहे गरेर राम्रो घर गरिखानू भन्ने शिक्षा यसकै उदाहरण हो । यस्तो शिक्षामा महिलालाई श्रीमान्प्रति समर्पित हुनु भन्दै दासी हुने पाठ पढाइन्छ । यही कारण धेरै महिला समस्यामा परेका छन् । समस्या पर्दा कतिले न्यायालयको ढोका ढक्ढक्याए, यसको तथ्यांक छैन । कतिपय यस्ता समस्या कानुनतः समाधानै भए पनि व्यवहारमा भने हल भएका छैनन् । अहिले संविधान निर्माण भइरहेका वेला महिला अधिकारको माग चर्काेसँग उठिरहेको छ । आधा हिस्सा ओगटेका महिला उत्पीडित हुँदा यस्ता माग उठ्नु स्वाभाविकै हो । तर, व्यवहारमा महिलाप्रतिको सोच र दृष्टिकोण फराकिलो भएन भने ऐन-कानुन गौण हुन पुग्छन् । त्यसैले संविधान, कानुन र बोलीमा मात्रै होइन, व्यवहारमा पनि नारीलाई सम्मान र स्वतन्त्रता चाहिएको छ ।



थप लेख रचनाहरु
राम्रा संगीतकारका रुपमा हङकङे नेपाली माँझ चिनिएका उनका जीवनका भित्री पाटाहरु बारे भने उपस्थित अधिकांश अञ्जान थिए ।
Author : Kantipur | Views : 223 | रहल...
आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ ।
Author : एम. बि. साँवा दोहा, कतार | Views : 402 | रहल...
मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डोर्‍याएर अगाडी बड्नु नितान्त आवास्याक छ। दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही,
Author : राज राई संगम | Views : 319 | रहल...
आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए पनि त्यहाा पुग्न सफल भए । आदिबासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्ग ज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त समारोहमा प्रमुख अतिथीमा नेपाली राजदुताबासका राजदुत महामहिम श्रीमान डा. सुर्य नाथ मिश्र ज्यू हुनुहुन्थ्यो
Author : एम. बि. सावा दोहा, कतार | Views : 463 | रहल...
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो ।
Author : कुमार लिङ्द्देन | Views : 478 | रहल...
आज हामी आफू को हौ भन्ने पट्टी रत्ती भर पनि चासो राख्दैनौ बरु अरुको देखासिकी गरी कागले कान लग्यो भन्न साथ कागको पछि दौडन जान्छौं ।
Author : खुम राना मगर | Views : 435 | रहल...
यस लेख द्घारा किरात लिपी र किरात लिम्वू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पर्ूण्ा किरातीले प्रयोग गर्ने लिपी भने एउटै छ ।
Author : जवेगु दिलीप लिम्बू | Views : 386 | रहल...
संविधानसभाको निर्वाचनमा सर्वाधिक ठूलो दल सावित भएको नेकपा माओवादीको महत्वाकांक्षा मन लोभ्याउने खालको छ । संविधानसभाको पहिलो बैठकपछि यसको नेतृत्वमा सरकार बन्ने निश्चित भैसकेको छ ।
Author : अनिल पाण्डे | Views : 260 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: