बर्तमानको स्थितिमा आदिबासी जनजातिहरुको अवधारणालाई बिभिन्न मिडीयाहरुले बढो चासो पूर्वक लेख्ने गरेका छन । कतिले वास्तविकता बुझेर लेखेका छन त कतिले नबुझी लेखेका छन । कसैमा बुझाई नकरात्मक छ शायद यही बुझाई जनमानसमा पनि पर्न जानेछ भन्ने मैले बुझेको छु । कुनै पनि कुरा सही र गलत छुट्याउने र जनता माझ पस्कने काम मिडियाको हो र मिडियाले नै गलत बुझिदियो भने जनमानसमा उल्झन अवस्य आउने छ मैले मिडियामा धेरै मित्रहरुको प्रतिकृया पढन पाये ति प्रतिकृयाहरुलाई पढ्दा मलाई पनि केही लेख्न मन लाग्यो ।
कही कही आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ । हो कतै कतै असन्तुस्ट पक्षहरुले नारा जुलुस लिएर आन्दोलन पनि गरिरहेका छन र छिट फुट घटनाहरु पनि घटेका छन तर आजको नयाँ नेपाल पनि आन्दोलन बाट नै आएको हो भन्ने कुरालाई हामी सबैले स्विकार्नै पर्छ । आन्दोलन गर्ने सबै देसद्रोही र देस टुक्र्याउने अवस्य हुँदैनन यदी त्यसो हो भने हामी सबै नै देस द्रोही हौ किनकी हिजोको जन आन्दोलन हामी सबैले मिलेर गरेका हौ र हिजो देखी नै सबै कुरा सधैं आन्दोलन नै गरेर मात्र पाईन्छ भन्ने पारीपाटिलाई पनि अब बदल्नु पर्छ भन्ने मलाई लाग्छ ताकी आन्दोलन बिना पनि सम्झौताहरु हुन सकोस आन्दोलन बिना पनि जनाताको आवाजलाई इच्छा र चाहनालाई सम्बोधन गरियोस कतिपय मिडियाहरुमा केवल बुझाई फरक परेको मात्र हो र आज सम्म निमुखा जनतालाई हली गोठाल र खेती किसानमा मात्र सिमित राखेर नेपाल आमाको छातीमा दाइ गर्नेहरुले त्रस्त भएर यो मन गढन्ते भ्रामक र कपोलकल्पित समाचार फैलाएका मात्र हुन ति सामन्ती शोसकी र संकिर्ण बिचारका मान्छेहरु सबै जातिमा पाईन्छन नकी कुनै एक जाती बिशेषमा मात्र, र लिम्बु, राइ, मगर, गुरुङ, तमाङ, थारु, दराइ, धिमाल र शेर्पा सबै नेपाली नै हुन जती गैर आदिबासी जनजातीहरुलाई नेपाल प्यारो छ त्यो भन्दा लाखौं गुणा ज्यादा आदिबासी जनजातिहरुलाई छ किनकी उनिहरु त झन आदिमकाल देखी बसोबास गर्ने नेपालका भुमी पुत्र हुन । हिजो अरु जातिहरुले निहुर्मुन्टी न भएर संस्कृत बिद्या पढ्दा केही भएन आज कमसेकम अरुलाई नलादी हामी आँफैले आफ्नो भाषा लिपी धर्म संस्कृती मान्न अध्ययन गर्न पाउनु पर्छ भन्दा यो जनजातिहरुले देस टुक्र्याउन लागे भन्ने आरोप लगाउनु कहाँ सम्मको लोकतान्त्रिक मान्यता हो ? अरुलाई आफ्नो भाषामा पढाउदा र बोल्न लगाउदा खुश आज उनिहरुले हाम्रो आफ्नै भाषा बोल्न लेख्न पाउनु पर्छ भन्दा देश टुक्र्याउने हुन्छन र ? नयाँ नेपाल चाहने नयाँ नेपाली कहलाउने नेपाल प्यारा कतिपय देस प्रेमीहरुले सबै नेपाली समान भएको देख्न रुचाएका छैनन । अब हामीले फेरी पनि त्यही सामन्ती शासन गर्न नपाउने भयौ भन्नेहरु मात्र डराएर यो टुक्राउने आरोप लगाउदै छन नत्र हाम्रै छिमेकमा रहने भट्टराई बाहुन बा लिम्बुवान राज्य हुनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ । वहाँ भन्नु हुन्छ हिजो पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्न अगाडि र पछी पनि हाम्रा पिता पुर्खा यही दश लिम्बुवान मै मिलेर रहनु भएको थियो ।
हामि पनि लिम्बुवान बासी भयौ अब लिम्बुवान प्रान्त हुनुपर्छ। छत्र ब. थापा दाई हामी सँगै हाक्पारे गाएर बस्नु भको छ वहाँलाई सोध्नुहोस् हिजोको राज्य सत्ताले गाउँ बस्तिलाई किसाने भरियालाई के दियो भोलिको लिम्बुवान प्रान्तले त्यो भन्दा कैयौ गुणा राहत दिन्छ भन्ने कुरामा विश्वस्त छन हुने पनि छ लिम्बुवान प्रान्तका सम्पूर्ण बसिन्दाहरु लिम्बुवानबासी हुन त्यहा खुल्ला राजनैतीक प्रतिस्प्राधा हुने छ हरेक निकायमा हरेक जातिको सहभागीता हुन्छ नकी त्यहा लिम्बुको मात्र मनोमानी हुने होइन र एकलौटी शासन चल्ने पनि होइन लोकतान्त्रिक मुल्य र मान्यता पनि त्यही नै हो र सबैले लोकतन्त्रको उपभोग गर्न पाउने छन र त्यो लिम्बुवान प्रान्त संबैधानिक प्रान्तिय राज्य हो देसको मुल कानुनको रुपमा संघको संबिधान हुने छ जुन अहिले निर्माणको क्रममा छ बाहुन, छेत्री, राइ, लिम्बु र दलितको सवाल यो पक्कै पनि होइन यो सवाल भनेको केन्द्रिक्रित एकात्मक राज्य ब्यवसताले आदिबासी जनजातीलाई गरेको बिभेद्पूर्ण व्यबहारको मात्र हो संघिय गणतन्त्रमा सम्पूर्ण देश र जनता अनी राजनैतीक दलहरु गई सकेको अवस्थामा देश टुक्रिन्छ भन्ने मिथ्या भ्रमको खेती गर्नु लोकतान्त्रिक मुल्य र मान्यता बाहिर हो कि जस्तो लाग्छ कि त अरु आधारमा प्रान्त बन्दा नटुक्रिने र जातिय आधारमा प्रदेस बन्दा टुक्रिने यो अभिब्यक्ती मैले बुझिन । पुरा नेपाल नै जातै जातको छ त ? कि त यो सब जातपात हुनै हुँदैन अब नेपालमा एउटै मात्र जात नेपाली राख्दा कसो होला ? नेपाली सिवाय कसैले अरु लेख्नै नपाउने भाषा पनि एउटै मात्र लिम्बु भाषालाई राष्ट्रिय भाषा बनाउने सबैले त्यही बोल्ने त्यसो गर्दा कसो होला ? कसैलाई स्विकार्य छ ? होइन भने अरुलाई पनि स्वेच्छचारी भएको हेर्न सक्नु पर्छ । एउटै सुत्रमा बाँधिनु पर्छ भन्नेहरुले अरुको इच्छलाई पनि सम्मान गर्न सक्नु पर्छ । कुनै पनि कुरा अरु माथि जबर्जस्ती लादिएको सहय हुँदैन ।
संघिय लोकतान्त्रिक गणतन्त्र आँफै एउटा बिभाजित रुप हो भन्ने बुझ्नु पर्दछ । लिम्बुवानको कुरा गरिरहदा यो कुनै छुट्टै राष्ट्रको माग भने अवस्य होइन केवल लिम्बुहरुको बाहुल्यता बढी भएको कारणले त्यो राज्य लिम्बुवान राज्य नामकरण हुने मात्र हो किन त भन्दा उनिहरुको त्यो एितिहासिक थलो पनि भएको कारणले र भाषा संस्कृती र रितिरिवाज पनि मिल्ने कारणले लिम्बुवान राज्य होस् भन्ने कुरा हो तर पनि यदी कुनै गैर लिम्बुहरु सघन रुपमा बसेका छन र उनिहरुको बाहुल्यता पुग्छ भने त्यहा पनि उपस्वयत्त दिन सकिन्छ ताकी बाहुनलाई पनि संस्कृत भाषिको रुपमा दिन सकिन्छ तर सो संख्या पुग्न पर्यो मैले पनि पाउनु पर्छ भन्ने तर चल्न र चलाऊन सक्ने स्थिती हुनसकेन भने त्यो अवस्थामा उनिहरुको अवस्था हेरी मिश्रित प्रणाली पनि अपनाउन सकिन्छ तर हिजो कै राज्य सत्ताको जस्तो गरे गर नत्र मर भन्ने व्यबहार कसैलाई पनि गर्न हुन्न भन्ने लिम्बुवानको धारणा हो हामी सबै नेपाली हौ भनेर भन्ने अनी अधिकारबाट बन्चित गर्ने जनजातिहरुले देस टुक्र्याउन लगे भन्ने अनी आँफै आन्दोलन गर्न वाध्य बनाउने आज भन्दा ३० बर्ष पहिले तामिल जातिहरुले हामीलाई स्वयत्त दिनु पर्छ हामीलाई हाम्रो भाषा सस्कार अनुरुप बाच्ने अधिकार दिइनु पर्छ भनेर शान्तिपूर्ण ढंगले श्रीलंका सरकार सँग माग गर्दा जबर्जस्ती उनिहरुको माग नसुनी दबाउन खोज्दाको पारीणाम आज तीन दशक भित्र सत्तरी हजार मान्छे मरिसके त्यस्बेलाको आत्मा निर्णयको शहीतको तामिल स्वयत्तताको माग आज आएर अलग वा प्रिथक राज्यको माग गर्ने अवस्थामा पुर्यायो किनकी यदी जायज माग गर्दा मर्न पर्छ भने बरु मरेर भावी शन्ततिको लागि छ्ट्टै भुमी निर्माण गरेर किन नमर्ने भन्ने सोचको जन्म गरायो तथापी भर्खरै त्यो दु:खद क्षणको अन्त्य भईसकेको श्रीलंका सरकारले घोषणा गरेको छ । तर पनि तमिलहरुलाई स्वयत्तत नदिने हो भने अझै पनि उत्तरी भुभाग टुक्रिन सक्ने छ र सिंघलिसहरु द्वारा तमिलहरुलाई बिभेद्पूर्ण व्यबहार गरिरहने हो भने फेरी पनि अर्को भ्रभाकरणको जन्म हुने छ र यो तिस बर्षको लामो दन्द र सत्तरी हजार मनिसहरुको ज्यानको जिम्मेदार श्रीलंकन सरकार हो । श्रीलंकाको ईतिहासमा कोरिएको यो दुखद तीस बर्ष विश्व कै लागि उदाहरण बनेको छ । छुट्टा छुट्टै स्वयत्त प्रदेशहरु मिलेर एउटा सिङो अमेरिका बन्न सक्ने जुन देस आज विश्वको सर्बश्रेश्ठ मानव बिकास भएको देशमा पर्छ स्विजर्ल्यान्ड सानो संघिय अनी भुपरिबेस्टीत राष्ट्र संसारको शान्तिमय र सम्पन्न राष्ट्र बन्न सक्छ भने नेपालमा के को कमी छ ? धनी देशका हामी गरीब जनता हौ यहाँ सबै जातिहरुलाई समानताका साथ उठ्न दिनु पर्छ नबोल्दा पनि असिक्षित अनपढ भनेर हेप्ने अनी पढालेखा र हक अधिकारको कुरा गर्न सक्नेलाई पनि देशद्रोही, देश टुक्र्याउने भन्ने के अहिलेका नेपालका राजनैतीक दलका नेताहरु देश द्रोही होइनन ? उनिहरुले गरेका काम र मागेका मागहरु सब सही छन ? सेती महाकाली बिदेशिको हातमा सुम्पने नेताहरु चाँही देश भक्त ? जस्लाई जनताले लत्याउछन उ संघिय गणतान्त्रिक नेपालको कार्यकारी प्रमुख, जो बिदेशी सपोर्टमा देश चलाऊछ बिदेशिको ईशारामा नाच्छ उ देश भक्त गजब छ नेपाल अनी नेपालीको भाग्य पनि । उनिहरुले जे मागे पनि जे बोले पनि संबैधानिक हुने आदिबासिहरुले बोल्दा माग राख्दा असंबैधानिक हुने ? तमाङलाई ताम्सालिङ बाट मगरलाई मगरातबाट राइलाई खम्बुवानबाट अब एक पल्ट नेपालका हरेक जातिहरुले प्रत्येक तह र तप्का बाट उठ्न पाउनु पर्छ, नेपाल बनाउछु भनेर कम्मर कस्नेलाई उठ्न दिनु पर्छ, धेरै देखियो देसको शासन प्रणाली र सासकिय स्वरुपहरु जो जहाँ बाट उठे पनी नेपाली भएर उठ्नु पर्छ सर्बभौम सम्पन्न हुनु पर्छ, आखन्डनिय हुनुपर्छ, नेपाल भन्ने राष्ट्र हुनु पर्छ आज पनि कोशी मेची भन्ने ठाँउ छन । भोली त्यो लिम्बुवान नामले चिनीदा केही फरक पर्छ जस्तो लाग्दैन, नेपाली मन हुनु पर्छ छिमेकी देश भारतमा तीन प्रान्त थपेर सत्ताइस वटा बनाइयो त्यस्लाई के भन्ने टुक्रिएको भन्ने ? सबै प्रदेशहरु जातिय आधारमा नै छन केही फरक परेको छ पश्चिम बंगाल, बंगाली मुलका मानिषहरु जन्मजात महारास्ट्रमा मराठिहरु सँग बस्दै आएका छन केही असर परेको छ मराठी भाषा सस्कृतिले ? जीवन जिउनमा सानातिना समस्याहरु जहाँ पनि छन । समाजमा बिकृतिहरु बिभिन्न श्रोतबाट भित्री रहन्छन त्यसो भनेर कसैलाई अधिकारबाट नै बन्चित गराउन उचित उन्न त्यही समाज र क्षेत्रबाट समाधान खोज्न जरुरी हुन्छ । तर यो जरुरी छैन जातिय आधारमा बनेको संघीय स्वरुप भारत कै नक्कलमा बन्नु पर्छ भन्ने हाम्रो आफ्नै मौलिकतामा हुनु पर्छ जस्ले नेपालको परीबेशलाई सुहाओस ।
कसै कसैले आत्मानिर्णय सहितको स्वयत्तता दिदा देश टुक्रिने उदाहरणमा सोभियत संघलाई पनि अघी सारेका छन किनकी भि. आइ. लेनिनले यो सिध्दान्त प्रतिपादन गर्दा असफल भएका थिए । तर त्यही आत्मानिर्णय सहितको स्वयत्ततालाई तत्कालिन अमेरिकि राष्ट्रपती विड्रो विल्सन्ले बैज्ञानीकिकरण गरेर बिभिन्न आत्मानिर्णय सहितको स्वयत्त राज्यहरुलाई समेटेर संयुक्त राज्य अमेरिका बनाउन सफल भएका थिए । यो पनि त एउटा उदाहरण हो । तसर्थ म के भन्छु भने खुकुरीले कसरी कतिको र कस्तो काट्छ भन्ने कुरा जहिले पनि चलाऊनेमा भर पर्दछ, यदी सही तरिकाले चलाउन जानिएन भने आफ्नै हात पनि छिनाउन सक्छ । आज विश्वमा भएका २५ भन्दा बढी संघिय राष्ट्रहरु नै मानव बिकासको उच्च श्रेणीमा छन र विश्वमा धेरै राष्ट्रहरु संघिय गणतन्त्रमा उन्मुख भईसकेका छन यदी नेपाली जनता र नेपालका राजनैतीक दलहरुले वास्तवमै संघिय गणतन्त्र भन्ने बिषयलाई बुझेका हुन भने आदिबासी जनजातिहरुको अवधारणा अनुरुपको प्रादेसिक स्वरुपलाई स्विकार्नु पर्ने हुन्छ । तब मात्र सम्पूर्ण नेपाली जनता सार्बभौम हुनेछन र गणतन्त्रमय नयाँ नेपाल भनेर चिनिने छ । नत्र हिजो को एकात्मक राज्य ब्यवसता र आजको नाम मात्रको नयाँ नेपालमा केही फरक रहने छैन ।
अन्तमा नेपालको जय होस् ।
दोहा, कतार



