२–३ दिन नै भएछ अनलाइन पत्रिका तिर आँखा नपुगेको। नयाँ साइट हरुको खोजीमा नै अल्मली रहेछु। यस्तैमा अचानक एउटा नयाँ साईट फेला पर्यो फुलबारी, साईट पुरानो हो। मेरो हकमा नयाँ, साईट एकदमै आकर्षक थियो। ईमन्दिर, मनोरञ्जन साईट पनि यसको आकर्षण थियो नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो, यहि परिकल्पना सँगै रंगी चगीं डिजाईनमा निर्मित पृष्टभुमीमा थरि थरिका फुलहरु सजि सजाउ थिए। अझ भनौं त्यस भित्र बग्रेल्ती फुलेका नेपाली भाषा शाहित्याका नयाँ नयाँ फुल हरुका झकि झकाउ एकदमै शोभनिय रहेछ, आहा क्या सुन्दर मेरो देश नेपाल। मन्मा यो भाब मिठो पारामा छल्कियो, र धन्यबाद भन्न चाँहे दिलै बाट यस साइट का अग्रज हरुलाई।
हो बिश्वको नमुना हाम्रो नेपाल, पुर्ब पस्चिम फैलिएर उत्तरमा हिमाल पहाड हुदै तराई फैलेको,पकृतिक बनोटमा भुस्वर्ग साबित हाम्रो नेपाल बिस्वमानै अनेकन परिचयका साथमा कैयौं जनजाती हरुको साझा फुलबारीको रुपमा पनि चिनिन्छ। सुन्दर नेपालको निर्माणमा प्रमुख श्रेय पृथ्बि नारायण शाहलाई दिनु हाम्रो कर्तब्या हो र साथमा उनी सँगै यस एकिकरणमा रगत बगाउने हाम्रा पिता पुर्खाको नाम भुल्न अन्यायनै हुने छ। उहाँ हरुको रगतले निर्माण भएको चार जात छत्तिस बर्णको यस साझा फुलबारी भित्र रगीं चंगी हामि अनेकौं जनजाती हरु एउटै माला भएर सान्ति र सौहाद्र पुर्ण मेलमिलाप सँगै राष्ट्र भत्त बनेर यस पुर्खाले आर्ज्याको नेपाली माटोमा रहनु हाम्रो गौरबता र खुशी हो। यी यथार्थता हरु पनि फुलबारी साइटमा अटेको पाएँ मैंले।
बिभिन्न फुल हरुको जात जातीको परिचय र फोटो हरुले फुलबारी साईट झकि झकाउ थियो। यो साइट र यसको नामले नै अपार राष्टि्रयता बोकेको भान भयो मलाई , अपार राष्टि्रयताको सुगन्ध छरेको भान भयो मलाई। नेपालको राजनितिक भद्रगोल उथल पुथल, जनजातीको आवाज हरु, संघियता र सयत्तताका आवाज हरु, मुक्ति मोर्चाका योजना हरु, यस्तै यस्तै गरमा गरम कुराहरु त आजकालका न्युजपेपर र साइटभित्रको खुराकनै हुन्। हाम्रो साझा फुलबारी भित्रका फुलहरु हामी अनेकौं जाती हरुको परीकल्पना यस साईट भित्र थियो, त्यासैले एउटा जल्दो बल्दो सवाल जनजाती सवाल, जन जातीको हकहितको कुरा, यो आवाज अहिले नेपालको कुना कन्दरा बाट उठी रहेको छ। यस आवाज ले आज नेपालको शान्ति प्रकृयामा समेत उथल पुथल बनाएको छ। यस प्रसंग लाई यहाँ उद्धृत गर्न उपयुक्त ठानें।
किन उठ्यो त जनजाती सवाल? के थियो कारण? पृथ्बिनारायण शाह र हाम्रा पुर्खा हरु ले आर्ज्याको ४ जात ३६ बर्णको साझा फुलबारी भित्र जनजाती माथी थिचो मिचो भएको नै हो त? को हो त यसको जिम्मेवारी? र यो सवाल उठ्न कतिको जायज थियो? मलाई लाग्छ यी सवालका स्पस्ट जबाफ हरेक नेपाली सँग छ, र प्रत्यक राष्ट्रभक्त नेपालीले यस सवाल लाई सकारात्मक रुपमा हेर्न जरुरी पनी छ। जब सम्म जनजातीको बिकास हुन सक्दैन तब सम्म राष्ट्र र राष्ट्रियता को पनी बिकास हुन सक्दैन। जनजातीलाई डोर्याएर लान नसक्नु राष्ट्रको असक्षामता हो। र आज आएर जनजातीको आवाज यती धेरै चर्किदा पनि बेवास्ता गर्नु सरकारको हदै सम्मको गैर जिम्मेवारी पना हो। जनजातीको सवालमा उठेको आवाजको बिरुद्धमा कतैकतै साईट र न्युज पेपर हरुमा निजि धारणा हरु बग्रेल्ति पोखिएको पनि देखिन्छ। तर बिरुद्धमा होईन सहकार्यमा हातेमालो गरेर अगाडि बड्न जरुरी छ। जनजातीलाई साहायताको खाँचो छ। लेखिएका होलान् कानुन्का ठेलिमा अधिकार र न्यायका धारा उपधारा हरु जनजातिको हकमा, तर आफ्नो खुट्टाले उभिनै नसक्ने गरी थलिएका जनजाती हरु बिना साहारा के आफुलाई दिईएको भनिएका कुरा हरु पाउन सक्छन् र? त्यसै पनि आफ्नो अधिकार सुरक्षित ठानेर त्यसको सदुपयोगको लागी बार बार लड्नु पर्छ, सडकमा टायर बाल्नै पर्छ, हो आर्थिक,शैक्षिक,र मानसिक रुपमै कम्जोर बनाईएका जनजातीको लागी नेपालको नियम कानुन् उपभोगको कुरा भनेको आकासको फल आँखा तरी मर् भने झैं हो। जसको हातमा प्रसस्त पैसा छ, शक्ति छ कानुन् उसैको हो नेपालको हकमा।
यस्तैमा मैंले जातियताको सवालमानै लेखिएको एउटा लेख पडन पाएँ, फुलबारी साईट भित्र ईमन्दिर होमपेजमा सिर्जना भण्डारीको बाहुन्बाद जननाती र आरक्षा सिर्षकमा। जुन् लेख पड्दा मलाई यस्तो भान् भयो, बाहुनबादी हैकम बिरुद्धको आवाजले सिंगो क्षत्री बाहुन समाजनै दुखी छन्। र नै उनि हरुले बाहुन्बादलाई गाली ठान्छन्। हो बाहुन्बादी संस्कारले चलेको हाम्रो समाज र राष्ट्रमा आजको २१औं सताब्दीको शिक्षित युगमा जरो देखीनै निर्मुल पार्न आवास्याक छ। यसको मतलब सम्पुर्ण क्षत्रि बाहुन् लाई बिरुद्ध बनाईएको होईन, आजका धेरै भन्दा धेरै शिक्षित क्षत्रि बाहुन समाजमा बाहुन्बाद हाबी छैन नै। नयाँ युग र नयाँ परिबर्तन चाहने क्षत्रि बाहुनको ठुलो जमात पनि छन् यहाँ। बाहुन् बाद ब्यक्ति प्रतिको गाली होईन, यो त उपयुक्त समय पारेर आफ्नो शक्तिको घमण्डमा अरुमाथि लादिएको जुन् संस्कार थियो त्याही खराब संस्कार प्रतिको गाली हो। र त्याही संस्कारको अन्त्याको लागी उठेको आवाज हो। क्षत्री बाहुन् भएको नै नातामा बाहुन्बादको गाली आफुलाई हो भन्ने ठान्नु त मुर्खता हो, यसलाई आजका प्रत्यक क्षत्रि बाहुन्लाई गरिएको गाली ठानेर आवाज चर्काउनु खोज्नु समाज र राष्ट्रले ठुलो दुर्घटना निम्त्याउनु हो। यस्को बिरुद्धमा जनजाती मात्र होईन राष्ट्र र समाजको उन्नती चाहने आजका सचेत क्षेत्री बाहुन् युबानै पनि लागि परेका छन्। सिर्जना जी ले जनजातीको बाहुन्बाद माथीको मिथ्या आरोप हो भन्ने कुरालाई बिषेश जोड दिदै एकतर्फि रीस धेरै पोख्नु भएको रहेछ। मुठिभर क्षत्री बाहुन् हरुले गरेको गल्तिको दोष सिंगो क्षेत्रि बाहुन्माथी बजारिएको यथार्थता उहाँले खोल्नु भएको छ। बाहुन्बादले धेरै गाली पाएको यथार्थ पनि यहाँ खोलिएको छ। मुठि भर ब्यक्तिलेनै अझै पनि बाहुन्बादी सोच पाली राखेका छन् , दोष र गाली तिनिहरुको सोच र सिद्धान्त लाई हो, सिंगो क्षेत्री बाहुन् लाई होईन। बाहुन्बादले गालि पाउनु नौलो कुरा होइन, किन कि आफ्नो सम्पुर्ण कुरा खोसिएको यथार्थता आजका जनजाति युबा हरु लाई पाच्या छैन, आज जनजातीमा त्यो चेतना आएको छ, आफु तिरस्कृत, अपहेलित, अबसर बाट बञ्चित हुन परेको झोंकमा बाहुन् बादलाई सत्तोसराप गर्न पछि पर्दैनन् ,जब कि बाहुन्बाद को खुट्टा मोल्दै ज्यु ज्यु गर्दै उपहार स्वरुप गाई भैसिको शुद्ध घ्यु टक््रयाउने परम्परा, त्यो पनि चोखो नितो बाहुन्लाई आफुले छोएको नचल्ने भए पछि बाहुन्को घरबाट नै तयार पारेर उता उतै हात लगाउनु पर्ने। अनि मात्र आफ्नो काम् बन्ने सम्म आस्वसन पाईने अबस्था।
यहि बाहुन्बादी संस्कार बाट समाज र राष्ट्र अगाडी बड्रने क्रममा यस साझा फुलबारीमा साझा अधिकारको निम्ति सान्ति पुर्ण अधिकार को आवाजलाई बेअर्थमा परिभाषित गर्दै फेरि पनि उहि हैकमबादी सोचलाई कायम राख्नु जनजातीको निम्ति सहन योग्य होइन, यस बिचमा बाहुनबादले धेर गाली खायो भनेर आपती जनाई हाल्नु पर्ने कुरा होईन। त्यासो् त बाहुनबादलाई गाली गर्ने हरु मात्र छैनन् जनजाति भित्र अझै पनि, किराँती शाष्त्र हरु नष्ट गरिए, पोलिए पनि पुर्खाको बिंडोलाई थामि रहनु भएका हाम्रा कतिपय बुबा बाजेहरु लाई किराँती मुद्धुम् धेर थोर आँउछ नै तर त्यास भन्दा पनि बढि उहाँ हरु पुराण, बेद, र शाष्त्र हरुको त ज्ञाता नै हुनुहुन्छ। गाँउघरमा बेला बेला रुद्रि पुजा, सत्यनारायणको पुजा लागेन भने घर परिवारको शान्ति त परै जावस घरमुलीको मन्मानै अशान्ति छाई सकेको हुन्छ। ब्राम्मणको कहिले बिरोधी नहुनु, ब्राम्मणको पाउ परे सिधै बैकुण्ठ पुगिन्छ। ब्राम्मण भनेको देबताको जन्म हो त्यासैले सधै शिरमा राख्नु परम धर्म हो। ब्राम्मणको बचन् लाई नकाट्नु। सुघ्घरी पण्डित बाजे बेद र शाष्त्रको मन्त्र बाचन्मा भन्दा पनि दान भेटीको मोहमा पुजा पाठमा ब्यास्त उनले ठाँउ पाएको बेला गरिब हरुलाई ठग्न त उसको खेल हो यदि उसले धर्म कर्म को नाम्मा नै आफ्नो दिल लगाँउदो हो त अन्यायमा परेको गरिब माथि पनि फराकिलो मन् हुथ्यौ होला। हो हामि जो कोहीले पनि अनुमान लगाउन सक्छौं हाम्रो समाजमा यस्तो सोचको बिकास कसरी भयो? ब्राम्मणबाद लाई गाली होईन ब्राम्मणबादको भक्त नै छ अझै पनि कतिपय नेपाली समाज। किन कि हाम्रो समाज बाहुन्बादमा नराम्ररी फसिएको।
हो गल्ति त थोरै बाट नै हुन्छ, र राम्रो काम पनि थोरै ब्याक्ति बाट नै हुन्छ, कुरा आउछ अब गल्ति कति भएको थियो? त्यासको असर कति पर्यो? त्यास्को रिजल्ट के आयो? मुठिभरको ब्यक्तिले गरेका गल्तिका कारण नै त जनजाती हरुले आफ्नो सर्बस्व गुमाउन पुगे, आफ्नो अस्तित्व नै गुमाउन पुगे। जनजाति हरुको अस्तित्व कसरी लुटिए भन्ने कुराको बोध लेखिका सिर्जना भण्डारी जी लाई भए जस्तो लागेन मलाई। किन कि उहाँले जनजाति हरु पछि पर्नुमा उनिहरुको नै हात रहेको कुरालाई पनि बिशेष जोड दिएर लेख्नु भएको छ।
किराँत जातीको उदाहरण थोरै पेश गर्न चाहन्छु।
एउटा सिंगो किराँत जाती भित्र कसरी बिभिन्न भाषा हरुको उत्पती भयो? अलग अलग संस्कारको बिकास भयो? किराँत धर्म कसरी हिन्दु धर्ममा समाहित गरियो? हो किराँत हरु नराम्ररी लुटिएका छन्। यस् भुमि बाट नेै किराँत अष्तित्व लाई मेटाउन खोजीएको छ। किराँतका प्रमुरख परिचायक धेरै कुरा हरुलाई मेटाईएको छ , जुन कुरा हरु यसरी लुटिएको छ, मेटिएको छ कि त्यो कुरा हरु आजका सचेत हामी किराँती युबा पुष्ताले चाहेर पनि पाउन सक्ने छैनौं। खोजेर कतै नाम निसाना सम्म पनि भेट्ने छैनौं। हाम्रो पहिचान् हरुलाई समयको पाबन्दि भित्रनै गुमनाम् पारिएको छ, हाम्रो ईतिहाँसलाई ई बिभिन्न बाहानामा किराँत जन सक्तिलाई अलमल्याएर पछि पार्ने काम गरिएको छ। किराँत हैसियत लाई माथि उठ्नै नसक्ने गरि दबाउन खोजिएको छ।
करिब ७ सय बर्ष राज्या सत्ता चलाएर बसेका किराँत भित्र प्रसस्त बिद्धन् हरुको कमि थिएन। ईतिहाँसको त्यो काल खण्डमा किराँत हैसियत निकै माथि थियो। प्रसस्त किराँत सास्त्र हरु लेखिएको थियो। साहसिलो र बलियो किराँत हरु युद्धकलामा पनि निकै पारंगत देखिन्छन्। आफ्नो कला धर्म र सँस्कृति प्रतिको सचेतना उतिबेलानै किराँत हरुमा प्रसस्त रहेको स्पस्ट बुझिन्छ, किन कि युद्ध बाट हार भए पछि आफ्नो सास्त्र मुन्दुम् ,किराँत लिपि हरुलाई खोजी खोजी पोलेर नस्ट गरिएको थियो, किराँति कला हरुलाई पनि नष्ट गरियो।
हार बाट पुर्ब तिर भाग्ने क्रम्मा पनि केहि आफ्ना साष्त्र हरुलाई साथमा नै बोकेर भागेका थिए। काठमाडौको राज काज, सुख सयलमा हुर्केका किराँती हरुलाई पुर्ब पहाडी ईलाका हरु कष्टमय जिबन् त थियो नै, त्यासमथि पनि बिभिन्न खालका हमला हरु किराँत हरु माथि भई नै रह्यो। त्यासले गर्दा पनि किराँत हरुको स्थिति खराब हुँदै गयो। सचेत किराँत हरुले किराँत भेला, किराँत उथ्थान् को कार्य हरु त्यति बेलै गरेको देखिन्छ ,तर त्यति बेलाको हैकम बादि समाजले बचे खुचेका किराँती मुन्दुम् , किराँत लिपिहरुलाई खोसेर पोली दिने काम गरे। अगुवा सचेत कैयौं किराँत हरुको अनाहक ज्यान् पनि लिइयो। हो जति जति बेला किराँत हरुले आफ्नो धर्म सँस्कृति, भाषाको अनि जातिए उथ्थानको महसुस् गरेर सांगठनिक रुपमा आगाडि बड्न चाहे, त्यो हैकम् बादि समाजले तितर बितर पारि नै रह्यो।
इतिहाँसको निकै पछिल्ला समय हरुमा ब्राम्मण बादले किराँत हरुमा लगभग आफ्नो संस्कार लादीनै सकेको थियो। समयको उत्तर चढाब सँगै आवाज हरु उठ्न थाले भिषण दमन् र शोषणको भारले किराँत हरुलाई थिचिनै रह्यो। हो किराँत हरुलाई जबर जस्ति हिन्दु बनाइयो, ब्राम्मणबादि सँस्कारमा चल्न नमान्ने किराँत हरुमाथि सेना र प्रहरी हरु लगाएर बल प्रयोग गरियो। अब किराँत बिहे हरुमा स्लोकका भाका हरु हालीन थलिए, मण्डपमा पुरेत बा ले मन्त्र पडन थाले। महिना, सालमा रुद्री, सत्यनारायणको पुजा भईनै रहे। दशैंमा निधार भरी रातो टिका, धनकुटामा किराँत हरुले हामि दशै मान्दैनौ, हाम्रो चाड होईन भनेर दशैं मान्न ईन्कार गर्दा प्रशाषनले सेना लगाएर गोली बर्षाए, त्यति बेला पनि कैयौ किराँत हरुले ज्यान गुमाए। किराँत सँस्कार अनुसार बिहे पाठ पुजा चाड पर्ब दाह सँस्कार यस्ता कार्य हरुमा हस्तक्षेप गरेर किराँत सँस्कार हारुलाई जबरजस्ति मेटाउने प्रयास गरिएको छ। अहिले किराँत भाषा, र संस्कार हरु पनि अलपत्र अबस्थामा छन्, एउटा किराँतले बोलेको कुरा अर्को किराँतले बुझ्न नसक्ने समस्या , एउटा किराँतको संस्कार सँग अर्को किराँतको ठिक उल्टो संस्कार, यसको दोष ब्राम्मणबादलाई नदिएर कसलाई दिने? जात जातीको बर्गिकरण गरेर आफुलाई सबै भन्दा ठुलो जातीको घोषणा गरी अन्य जती लाई के कस्तो ब्याबहार गर्यो त्य त हाम्रो नेपाली समाज आफै बोली रहेको छ। अन्या जातीले छोएको नखाने, उसलाई छुन पनि नहुने, सबै भन्दा अगाडी उसैले खानु पर्ने, सुग्घरी सेतो धोतीमा सजिएको पुरेत बाले अन्य जातीलाई साम्नेमा देख्दा नाक खुम्च्यएर हिड्थे। अन्या जातीमाथी त शोषण दमन गरेको नै थियो तर आफ्नै स्त्रि माथीको शोषण लाई पनि निरन्तरता दिई नै रह्यो। त्यासैको परिणाम हो आज महिला अधिकारका आवाजले देश रन्किएको, नारी मुक्तिको आवाज हरु, हक हित र अधिकारका आवाज हरु। हो अन्या जनजातीमा के महिला लाई दबाईएको अबस्था कतै छ र? दबाए होलान उहि बाहुन् बाजेका धुपौरे हरुले। जन जाती आवाज हरु, सिंगो राष्ट मुक्तिको आवाज हरु उहि हैकमबादी ब्राम्मण हरु बाट जन्मिएको छ। आफ्नो ईशारामा अन्य जातीलाई नचाउने आफ्नो चाहाना अनुरुप घर समाज र राष्ट्र



