Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

माओवादी महत्वाकांक्षा र व्यवहार


  Author : अनिल पाण्डे   |   Views : 261   |   Last Updated : 10 May 2008 Saturday

संविधानसभाको निर्वाचनमा सर्वाधिक ठूलो दल सावित भएको नेकपा माओवादीको महत्वाकांक्षा मन लोभ्याउने खालको छ । संविधानसभाको पहिलो बैठकपछि यसको नेतृत्वमा सरकार बन्ने निश्चित भैसकेको छ । नयाँ सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने शेरबहादुर देउबाजस्ता नेताहरुको धारणा सबैतिरबाट तिरस्कृत हुन पुगेको छ । पूर्व प्रधानमन्त्री देउवाले गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा सरकार चल्नुपर्छ भनेर राखेको विचार बेसौमको वाँसुरी सावित भैसकेको छ । स्वभावतः लोकतन्त्रमा ठूलो दललाई सरकार सञ्चालनको जिम्मेवारी नदिनु हास्यास्पद नै हो ।

यद्यपि हालै सम्पन्न निर्वाचन सरकार सञ्चालनका लागि दल छनोट गर्ने प्रयोजनका लागि थिएन । नयाँ संविधान निर्माणका लागि थियो । नेपालको अन्तरिम संविधान २०६३ ले पनि वर्तमान सरकारले नै सरकार सञ्चालनमा निरन्तरता दिनुहुन्न भन्दैन । तर पनि लोकतान्त्रिक अन्तरराष्ट्रिय अभ्यास हेर्दा माओवादीले आगामी सरकारको नेतृत्व गर्न पाउनै पर्छ । यस कुरामा अब माओवादी स्वयं पनि ढुक्क भैसकेको छ । राष्ट्रिय-अन्तरराष्ट्रिय शक्तिहरुले समेत माओवादी सरकारलाई स्वीकार्ने संकेत दिइसकेका छन् ।

यहाँनेर मननीय पक्ष के छ भने माओवादीहरु सरकारमा पुगेपछि चुपचाप सरकार चलाउने पक्षमा छैनन् । सरकारमा जानुमात्र उनीहरुको अभीष्ट होइन । उनीहरु सबैभन्दा ठूलो दल बनेकोमा विजय उन्माद पनि देखाइरहेका छैनन् । किनभने यो उनीहरुको यात्राको एक बिसौनी मात्र हो, उनीहरुको लक्ष्य निकै टाढा छ । त्यस लक्ष्यमा पुग्न यस विजयले उनीहरुलाई अवश्य सघाउने छ । आजका उपलव्धिहरुलाई लक्ष्यमा पुग्ने आधार बनाउँदै महत्वाकांक्षातिर उनीहरु अघिबढेका छन् ।

माओवादीको महत्वाकांक्षा अमेरिकामा रहेका नेपालीहरुसम्म आइपुगेको छ । नेपालका पर्यटन व्यवसायी हेमन्त कोलापक्ष यस क्षेत्रमा प्रबेश गर्नुभएको छ । चर्चित यति ट्राभल्सका जिम्मेवार सदस्य कोलापक्ष माओवादीका पक्षमा जनमत बढाउन सक्रिय हुनुहुन्छ । उहाँका हरेक भनाइमा माओवादी पार्टीले अन्य दलहरुले कल्पनै नगरेको लक्ष्य लिएको देखिन्छ । आजसम्म जुनसुकै पक्षमा लागेका व्यक्तिहरु पनि भोलि माओवादी नेतृत्वमा सरिक हुनसक्ने अवस्थाको सिर्जना गरिएको छ । आज माओवादीमा सरिक व्यक्तिहरु मात्र नयाँ नेपाल निर्माणका लागि पर्याप्त नहुने, राजावादीदेखि कुनै पनि राजनीतिक दलमा संलग्न व्यक्ति न्यूनतम शर्तका आधारमा माओवादी नेतृत्वमा सरिक हुनसक्ने दावी कोलापक्षको रहेको छ ।

कोलापक्ष वर्ग र व्यवहारका आधारमा र्सवहाराको खेमामा पर्दैनन् । उनी सम्पन्न वर्ग र सामन्ती संस्कारकै खेमामा पर्न आउँछन् । तर उनी माओवादी अध्यक्ष प्रचण्डलाई तीनचार पटक भेटेपछि आमूल परिवर्तन भएका छन् । आज उनी नयाँ नेपालको निर्माण गर्ने हो भने संकीर्ण मानसिकता त्यागेर राष्ट्रवादी सबैलाई समेट्नु पर्ने, बढी दल र वादहरुमा विभाजित हुन नहुने मानसिकतामा छन् । 'यो देश विभिन्न विचार राख्ने नेपालीको हो । परिवर्तन र विकासको प्रतिफल प्राप्तिमा सबै नेपाली उत्तिकै हकदार छन् । देशभक्तिको न्यूनतम आधार स्वीकार गर्ने सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्ने नेता हामीलाई चाहिएको छ । यो क्षमता मैले प्रचण्डमा पाएको छु,' हेमन्त कोलापक्षले पूर्ण विश्वासका साथ भने ।

कोलापक्षले माओवादीका सकारात्मक गुणहरु मात्र बताएनन्, सुधार्नुपर्ने आचरण र विकास गर्नुपर्ने क्षमताको पनि खुलासा गरे । 'परिवर्तनका लागि क्रान्ति आवश्यक थियो । क्रान्तिमा नागरिकको दुःखद् मृत्यु हुनपुग्छ । माओवादी व्रि्रोहमा पनि १३ हजारभन्दा बढी नेपालीको मृत्यु भएकै हो । तर अब क्रान्तिको त्यो अध्याय सकियो । अब आर्थिक क्रान्ति, विकास र परिवर्तनको अध्याय सुरु भएको छ ।' कोलापक्षले माओवादी अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गरे ।

उनले वाइसिएलमा आठ-दश प्रतिशत खराब व्यक्ति रहेको र बिस्तारै सुद्धीकरण हुँदैजाने विश्लेषण गरे । 'हामीभित्र धेरै बुद्धिजीवी छैनन्, बढी श्रमिकहरु छन् । श्रमगर्ने ठूलो समूहलाई परिचालन गर्न बुद्धिजीवीहरुको संख्या बढ्नुपर्छ । त्यो बुद्धिजीवी तपाईं पनि हुन सक्नुहुन्छ,' हेमन्त कोलापक्षले यस पंक्तिकारलाई औंलो देखाए ।

कोलापक्षले अमेरिकामा रहेका हजारौं नेपालीलाई भेट्ने छन् र यसैगरी 'त्यो बुद्धिजीवी तपाईं हुन सक्नुहुन्छ,' भन्नेछन् । यस प्रकारको भनाइ र अभियान मुलुकका लागि आवश्यक पनि छ । हिजो राजाका निकट रहेका जरसाहेबहरु समेतलाई भेटेर माओवादी नेताहरुले यही भनाइ राखिसकेका छन् । उनीहरुले माओवादीलाई सघाएको तथ्य बिभिन्न क्षेत्रबाट पुष्टि भैसकेको छ । सैनिक व्यारेकमा समेत उल्लेख्य संख्यामा माओवादी पार्टीलाई भोट खस्नु त्यसकै प्रमाण हो ।

माओवादीको योजना अभियान र लक्ष्य अन्यदलहरुले सुइको सम्म नपाउनुले उनीहरुको कार्यकुशलता प्रमाणित हुन्छ । कसैले अनुमान नै गर्न नसकेको विजय माओवादीले हासिल गर्‍यो । राष्ट्रप्रति इमान्दार र बफादार हुने जोकोही माओवादी समूहमा सरिक हुनसक्ने नाराले सबैलाई वशिभूत बनायो । 'माओवादी अभियानमा सरिक हुन तपाईं देशभक्त र इमान्दार भएपुग्छ माओवादी नै हुनुपर्छ भन्ने छैन,' भन्ने भनाइले यो पंक्तिकारजस्ता सबै नेपाली प्रभावित हुनु स्वाभाविकै हो । यदि व्यवहार पनि भनाइअनुसार नै देखाउन सक्ने हो भने माओवादीको महत्वाकांक्षा पूरा नहोला भन्ने छैन ।

आफ्नो महत्वाकांक्षा पूरा गर्नका लागि माओवादीले आगामी दुई वर्षसम्म टुपी बाँधेर मेहनत गर्ने भएको छ । उसको योजना छ, आगामी संसदीय निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी जनतालाई प्रभावित पार्ने । माओवादीको यो योजनालाई हरेक दृष्टिले सराहना गर्नु पनि पर्छ । कोही काम गर्छ मेहनती हुन्छु र देश बनाउँछु भन्छ भने माओवादी लोकप्रिय हुनेभयो भनेर कसैले चित्त दुखाउनु लाछीपना मात्र हो । सक्ने भए आफूले माओवादीलाई पछाडि पार्ने गरी जनतालाई रिझाए हुन्छ । यस प्रतिस्पर्धाले मुलुकलाई फाइदा नै पुर्याउने छ । तर मुखमा रामराम बगलीमा छुरा भयो भने चाहिं आजका जनता निकै सचेत छन्, चुप लागेर बस्ने छैनन् ।



थप लेख रचनाहरु
राम्रा संगीतकारका रुपमा हङकङे नेपाली माँझ चिनिएका उनका जीवनका भित्री पाटाहरु बारे भने उपस्थित अधिकांश अञ्जान थिए ।
Author : Kantipur | Views : 224 | रहल...
परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन ।
Author : तारा लिम्बू | Views : 251 | रहल...
आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ ।
Author : एम. बि. साँवा दोहा, कतार | Views : 402 | रहल...
मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डोर्‍याएर अगाडी बड्नु नितान्त आवास्याक छ। दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही,
Author : राज राई संगम | Views : 319 | रहल...
आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए पनि त्यहाा पुग्न सफल भए । आदिबासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्ग ज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त समारोहमा प्रमुख अतिथीमा नेपाली राजदुताबासका राजदुत महामहिम श्रीमान डा. सुर्य नाथ मिश्र ज्यू हुनुहुन्थ्यो
Author : एम. बि. सावा दोहा, कतार | Views : 463 | रहल...
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो ।
Author : कुमार लिङ्द्देन | Views : 478 | रहल...
आज हामी आफू को हौ भन्ने पट्टी रत्ती भर पनि चासो राख्दैनौ बरु अरुको देखासिकी गरी कागले कान लग्यो भन्न साथ कागको पछि दौडन जान्छौं ।
Author : खुम राना मगर | Views : 435 | रहल...
यस लेख द्घारा किरात लिपी र किरात लिम्वू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पर्ूण्ा किरातीले प्रयोग गर्ने लिपी भने एउटै छ ।
Author : जवेगु दिलीप लिम्बू | Views : 386 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: