Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
विस्तृत लेख

सिरीजङगा किरात लिपि छोटो परिचय


  Author : पर्शुराम चोङबाङ   |   Views : 301   |   Last Updated : 21 Mar 2008 Friday

 

संसारमा कुनै पनि विकासशील र उन्नतिशील जातीका आ आ?नै भाषा, लिपि,धर्म, संस्कृति, साहित्य र इतिहास हुन्छ । हाम्रो देश नेपालमा पनि विभिन्न जातिहरुमा आ आ?नो किसिमको भाषा, लिपि,संस्कृति र संस्कार भएको पाईन्छ । यस मूलुकको आदिवासी तथा किरात जनसमुदायमा आ?नो जातिय पहिचान गराउनको लागि प्राचिन भाषा, लिपि, धर्म एतिहासिक संस्कार र संस्कृतिको व्यापक प्रचार प्रसारको माध्यमबाट सामाजिक, मानसिक, आर्थिक र शैक्षिक दिशातर्फ अग्रसर गराएर जनचेतना जोगाएका छन् ।

यस सम्बन्धमा किरात सिरिजङगा लिपि पनि पुरानो भाषा लिपिमा पर्छ । किरात इतिहास \"साव मुन्धुम\" अनुसार किरात लिपि सर्वप्रथम आठौं शताब्दीका किरात राजा सिरिजङगा हाङलाई तागेरा निङवाभुमाङले सपनामा \"परमेश्वर\" ले दिएको हो । वहां अति आध्यत्मवादी किरात राजा हुनुहुन्थ्यो । र निङवाभुमाङले फाक्तालुङ्ग \"हालको कुम्भकर्ण\" हिमालको काखमा रहेको गुफामा लगी ७ तला भित्रबाट एउटा ढुङ्गामा लेखिएको वा शिलालेखको रुपमा तागेरा निङवाभुमाङले यो लिपि अन्तिम लिपि हो लागेरा तिम्रो वंशमा प्रचार प्रसार गर्नु सिकाउनु अस्ति पनि लिपि तिम्रो वंशमा दिएको थिए, तर लोप गर्?यो यो पनि लोप गर्?यो भने फेरि कहिले पनि दिन्न है भन्दै उपद्देश दिदै दिएको लिपि हो । तिमीहरु मेरो कान्छा \"फोवा सासे\" सन्तान हौं कहिल्यै नमासिनु किरात जाति हौं । भनेको थियो भनि किरात सामाजिक मुन्धुममा लेखेको पाईन्छ ।

त्यसैले आफूले पाएको ज्ञान नहराओस् भनेर तत्काल \"सिरिजङगा मुन्धुम साप्ला\" नामको पुस्तक समेत तयार पार्नु भएको थियो । समयको कालन्तरमा यो लिपि पनि पुनः लोपहुन गइरहेको अवस्थामा याङको कृपाले भनुङ त्ये आङसी सिरिजङगा सिं थेवे \"१७०४/१७४१\" सत्रौ सताब्दीमा पुनः उत्थान गरी प्रचार प्रसारमा ल्याउनु भएको थियो । बुढा आधुनिक भाषा विज्ञानको राम्रो ज्ञात हुनुहुन्थ्यो । भन्ने वहांको लेखाईले पुष्टि गर्छ । वहांको जन्म सुदुर पूर्व नेपालको लिम्बूवानको याङवरक धुमको सिमाना जिल्ला \"हाल ताप्लेजुङ\" मा सन् १७०४ मंसिर पूणिर्माका दिन भएको थियो ।

यसरी किरात भाषा, लिपि, साहित्य, संस्कृति तथा मुन्धुमको प्रचार प्रसार गर्ने क्रममा नेपाल सरकारले देश द्रोहीको आरोप लगाई देश निकाला गरियो केही चेलाहरुसंग सिक्किममा गई लुकी छिपी भाषा, लिपिको प्रचार प्रसार गर्दै थियो । नेपाल सरकारको सरकारीले तिम्रो देशमा खतरा मान्छे आएर बसेको छ त्यसले पछि तिमीहरुको देश खोस्ने छ भन्ने सुराकी दिए पछि सिक्किमको माताम भन्ने गाउंमा सन् १७४१ सालमा ठाछाङ लामाहरुद्धारा हत्या गरीयो ।

वहांले प्रसार प्रचार गरेको भाषा, लिपि, संस्कृति र संस्कारका प्रभावको कारणले सिक्किममी शासकहरुले वहांलाई राज्य अभियोग लगाउदै बिषालु धनुकाण प्रयोग गरी हत्या गरेका थिए । शिलालेख गर्दै कागजमा लिपिवद्ध गरी संरक्षक गरिएको किरात लिपि अहिले \"लिम्बू\" संग बिकशित भईरहेको छ । यही किरात भाषा, लिपिमा डा. हकसनले बि.एच.डी गरी नेपालको इतिहासमा नभएका वा भेट्न नसकीने इतिहासहरु लेखि आज जेनेभाको लाइब्रेरीमा विश्वको सामु चिनारीको रुपमा वा प्रमाणको रुपमा राखिएको छ । आज नेपालको इतिहासकारहरु गएर अनुसन्धन साथै अध्यान गरिरहेको छ । नेपालको भाषा, लिपिमा पहिलो चोटी संयुक्त राष्ट्रसंघमा दर्ता पनि भईसकेको छ । नेपालको अरु भाषा, लिपि, दर्ता पनि भईसकेको छैन । हाल यस लिपिलाई फ्रान्समा प्रध्यापनरत अमेरीकि भाषाशास्त्री डा.बल्हड भिखायलयोस्को सहयोगमा कम्प्यूटरका अन्तराष्ट्रिय यूनिकोड समेत समावेश गरिसकिएको छ । यो किरात लिपि अब विश्वव्यापीरुपमा विकसित भइरहेको छ । आज सिक्किममा क्याम्पस लेवल सम्म अध्यापन हुदैछ । नेपालमा पनि प्राथमिक स्तर सम्म मान्यता पाइसकेको छ । अझ विकास प्रचार प्रसार गर्न, संरक्षण र प्रवद्धनको लागि सम्पूर्ण किरात जातिहरुको सहयोग आवश्यक देखिन्छ ।

ताप्लेजुङ थुकिम-७

लेखक किरात धर्म तथा साहित्य उत्थान संघ शाखा मलेसिया

अध्यक्ष  हुनुहुन्छ



थप लेख रचनाहरु
राम्रा संगीतकारका रुपमा हङकङे नेपाली माँझ चिनिएका उनका जीवनका भित्री पाटाहरु बारे भने उपस्थित अधिकांश अञ्जान थिए ।
Author : Kantipur | Views : 224 | रहल...
परापूर्वकालदेखि महिलालाई बोलीले उक्साएर व्यवहारले दबाइयो । यसैले वषाैंदेखि महिला उत्थानको कुरा गरिए पनि महिलाको विकास भएन ।
Author : तारा लिम्बू | Views : 251 | रहल...
आदिबासि जनजातीहरुको अवधारणालाई बिखन्डनबादीको संज्ञा दिइएको पनि पाइयो यिनिहरु देश फुटाउने खोज्ने देशद्रोही हुन भनेको पनि पाइएको छ ।
Author : एम. बि. साँवा दोहा, कतार | Views : 402 | रहल...
मानब बिकाष को युग २१ सौं सताब्दि लाई अंगिकार गर्दै सम्पुर्ण जनजाती लाई साथमा डोर्‍याएर अगाडी बड्नु नितान्त आवास्याक छ। दलित को कुरा गरौं, कसैले छोएको पानी नचल्ने, उसले बनाएको सबै सामान् हरु प्रयोग हुने तर मान्छे लाई घर भित्र प्रबेश गर्न चाँही मनाही,
Author : राज राई संगम | Views : 319 | रहल...
आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए पनि त्यहाा पुग्न सफल भए । आदिबासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष श्री अमृत गुरुङ्ग ज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त समारोहमा प्रमुख अतिथीमा नेपाली राजदुताबासका राजदुत महामहिम श्रीमान डा. सुर्य नाथ मिश्र ज्यू हुनुहुन्थ्यो
Author : एम. बि. सावा दोहा, कतार | Views : 463 | रहल...
लिम्बुवान र सिङ्गो नेपाललाई २४० बर्षसम्म जहानिया,निरकुंश शाशन मार्फ दमन,शोषण, अन्याय, अत्याचार गर्ने शाहवंशीय राजतन्त्रलाई नेपाली जनताको अथक संघर्ष र लिदानले अन्ततः धुलो चटाईदियो ।
Author : कुमार लिङ्द्देन | Views : 478 | रहल...
आज हामी आफू को हौ भन्ने पट्टी रत्ती भर पनि चासो राख्दैनौ बरु अरुको देखासिकी गरी कागले कान लग्यो भन्न साथ कागको पछि दौडन जान्छौं ।
Author : खुम राना मगर | Views : 435 | रहल...
यस लेख द्घारा किरात लिपी र किरात लिम्वू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पर्ूण्ा किरातीले प्रयोग गर्ने लिपी भने एउटै छ ।
Author : जवेगु दिलीप लिम्बू | Views : 386 | रहल...
  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: