Kirat Yakthung Chumlung - Qatar, eMail - kiyachuqatar@gmail.com, www.yakthungsamaj.com!!!
  मुख्य पृष्टहरु  
  अनलाइन पत्रिकाहरु  
  अनलाईन् रेडियो  
  नेपाली पत्रपत्रिका  
  आदिवासी लिंक्स  
संस्था प्रमुखको भनाईहरु

हामीले आफ्नो भाषा र लिपी बाट उच्च शिक्षा सम&#


Last Updated : 2008-10-14 06:15:21

बैदेशिक रोजगारको सिल्सिलामा बिदेशिएका हरेक नेपाली युवाहरुले आफ्नो प्यारो जन्मभुमी छाडेर बिदेसी भुमिमा आफ्नो स्वदेश प्रतिको स्नेह माया र ममता अझ प्रगाढ हुनु स्वभाविक हो हामीले आफ्नो गाउँ घर,शहर र समाज छाडेर पराइ भुमिमा जहाँ सुकै रहेता पनि आफ्नो नेपाली मौलिक पन आफ्नो पहिचान अन्तरात्मा बाट जागेर आउने कुरामा कुनै दुई मत छैन । नेपालमा आदिम कालदेखी बसोबास गर्दै आइरहेका आदिबासी जनजातिहरु हुन । उनिहरुको छुट्टै पहिचान भाषा,लिपी,धर्म र सस्कृतिहरु रहेको छ । यसलाई राज्यले पनि राष्ट्रको सम्पदाको रुपमा स्विकारी सकेको छ । नेपालमा रहेका ५९ आदिबासी जनजातिहरुलाई राज्यले सुचिक्रित गरेको छ । नेपाल सरकारले सुचिक्रित गरेको जनजातिहरु मध्ये लिम्बुजातिहरु पनि एक हुन । बि० स० २०५८ सन २००१ को जनगणना अनुसार लिम्बु जातिहरुको कुल जनसंख्या ३५९ ३७१ र नेपालको कुल सन्ख्याको र १ दशमलब ५८ प्रतिसत तथ्याङ्क रहेको छ । लिम्बु जातिहरुको आफ्नो भाषा याक्थुङ पान,लिपी सिरिजङा,धर्म किरात रहेको छ सस्कृतिको रुपमा च्याब्रुङ नाच के लाङ,धान नाच या लाङ,देव नाच माङ लाङ र एितिहासिक गीत मुन्धुम सामईत्ला आदी प्रख्यात रहेको छ लिम्बु जातिहरु नेपालको पुर्बी जिल्लाहरु ताप्लेजुङ्, तेह्रथुम, धनकुटा, पाँचथर, ईलाम, झापा, मोरङ, सुन्सरी र संखुवासभामा स्थाई रुपले बसोबास गर्दै आएको पाईन्छ । भने पछील्लो समयमा काठमान्डौ, ललितपुर र भक्तपुरमा पनि बसोबास गर्दै आएको छ । तर सघन बस्तिको रुपमा तेह्रथुम ताप्लेजुङ् र पाँचथर रहेको छ । लिम्बु जातिहरु कृषि र ब्यापार ब्यवसायमा समेत आश्रित रहेको पाईन्छ । लिम्बु जातिहरु याक्थुङ्बा,सुब्बा आदि थरले पनि चिनिने गर्दछन । ब्रिटिश गोर्खा भर्तिको सुरुवात सँगै हाल सम्म अधिकान्स लिम्बु जातिहरु त्यही पेशामा सङ्लग्न रहेका छन । एक्कैसौ सताब्दिको बद्लिदो परिस्थितीमा हाल आएर डाक्टर,पाइलट,ईन्जिनियर,प्रध्यापक,शिक्षक ब्यापारी र राजनैतिक क्षेत्रमा समेत आफ्नो बर्चस्व कायम गर्न सफल भएका छन । बैदेशिक रोजगारको सिल्सिलामा कतार आई बिभिन्न पेशा र ब्यवसायमा कार्यरत लिम्बुहरुले आज भन्दा करीब छ बर्ष अगाडि अर्थात सन २००२ मा साझा सस्थाको रुपमा किरात याक्थुङ एकता समाज दोहा कतार स्थापना गरी कतारमा कार्यरत लिम्बुहरुलाई गोलबध्द गराउन सफल भएको छ । हाम्रो सस्थाले आफ्नो लोप हुँदै गैरहेको भाषा,लिपी,धर्म र सस्कृतिको सम्रक्षण सम्बर्दन गर्न कतारमा कार्यरत लिम्बु समुदायलाई संगठित गराउदै आएको छ । आफ्नो जाती,भाषा,लिपी,धर्म र सस्कृतिको प्रचार प्रसार गर्ने उध्देश्यले सस्था स्थापना भए लगत्तै सेमी फक्ताङ्लुङ पत्रीका प्रकाशनमा ल्याइ निरन्तरता दिई रहेको छ । जस्ले गर्दा दुर्गम बस्तिहरुमा आफ्नो भाषा,लिपी,धर्म र सस्क्रिती सम्बन्धी प्रचार प्रसार गर्न थप मदत पुर्याएको छ । हाम्रो सस्थाले आफ्नो सस्कृतिलाई सम्रक्षण गर्नको लागि सस्थाको सम्रक्षकत्वमा सन २००५ मा किरात याक्थुङ साक्थिम लक्चुम स्थापना गरी लिम्बु जातिहरुको परम्परागत च्याब्रुङ नाच,धान नाच,मुन्धुम सामईत्ला जस्ता महत्वपूर्ण सस्कृतिहरुको जगेर्णा गर्दै आइरहेको छ । कतारमा भई परी आउने बिभिन्न समस्याहरुको पहिचान गरी सामुहिक रुपमा समस्या समाधान गर्न अन्य संघ सस्थाहरु सँग हातेमालो गर्दै आएको छ । लिम्बु जातिहरुको बिबिध चाडपर्बहरु मध्ये बिशेष गरी चासोक तङ्नामलाई भब्यताको साथ ब्यवस्थित गरी मनाउदै आइरहेको छ । हामी विश्वाको जुनसुकै कुनामा रहेता पनि हाम्रो आफ्नो मौलिक पहिचान भाषा लिपी धर्म र सस्कृतिलाई सम्रक्ष्ण गर्ने हाम्रो मौलिक अधिकार र कर्तब्य पनि हो यस्लाई सबै लिम्बुहरुले आत्मासात गर्नै पर्छ अनी मात्र भोलिका नयाँ पिढिहरुलाई शही मार्गमा डोर्याउन सकिन्छ हाम्रो पहिचान लोप हुनु भनेको हाम्रो अस्तित्व नामेट हुनु हो । हाम्रो पहिचान सँग सम्बन्धित भाषा लिपी धर्म र सस्कृतिहरु सम्रक्षण गर्ने दायित्व राज्यको हो भने यस्लाई सम्रक्षण गर्ने कर्तब्य हामी लिम्बु जातिहरुको हो अब लिम्बुवान प्रदेशमा हामीले आफ्नो भाषा र लिपी बाट उच्च शिक्षा सम्म एिक्षिक बिषयको रुपमा पठन पाठन गर्न नेपाल सरकारले पाठ्यक्रमहरु ब्यवस्थापन गर्न जरुरी छ । त्यस्को लागि नितिगत रुपमा दबाब दिन हामी प्रवासबाट समेत एकिक्रित हुनु पर्दछ । अन्त्यमा एकले थुकी सुकी सयले थुकी नदी भन्ने उखानलाई आत्मासात गर्दै विश्वका बिभिन्न मुलुकमा रहनु भएका लिम्बु दाजुभाइ तथा दिदी बहिनिहरुलाई आफ्नो सस्थामा आवध्द भई हाम्रो अभियानमा सहयोग पुर्याइदिन हुन हार्दिक अनुरोध गर्दछु

धन्यवाद ।

आसेवारो । ।

दिल किरण खजुम

अध्यक्ष

किरात याक्थुङ समाज

दोहा,कतार 

मोबाइल नं ९७४ ५६५४५७७

email khajum31_39dl@yahoo.com 

 


  Message From Board  
  About Us  
Lalit Mabohang
President
Tellok-4 Taplejung Nepal
Gyanendra Kurumbhang
First Vice President
Damak-13 Jhapa Nepal
  विज्ञापन क्षेत्र  
  वेब पत्रिका  
  Advertise with US  
www.yakthungsamaj.com
If you want to publish you ads in our Web Site!
Please Contact Us Here : info@yakthungsamaj.com
bestcyberzone .com - The Innovators Home | About Us | Our Team | Contact Us | Feedback
© 2007-2010 yakthungsamaj.com, All Rights Reserved.
Visitors: